खशी बोका खरिद बिक्री केन्द्र बन्दै हाटखोला विराटनगर

<span class='c1'>खशी बोका खरिद बिक्री</span> <span class='c2'>केन्द्र बन्दै हाटखोला विराटनगर</span>

इशु पन्त
विराटनगर । विराटनगर–७ र कटहरी–१ को संगमस्थल हाटखोलामा लाग्ने खशी बोका बिक्री बजार भर्न जहदा गाउँपालिका–६ का धीरेन्द्र विश्वासले ३५ केजी वजन भएको बोका शनिबार लिएर आए । उनले दुईवर्षदेखि पालेको यो बोका दशैं छेकपारेर बिक्री गर्दा उनलाई परिवार र आफ्ना लागि कपडा किन्ने पैसा आउँछ । उनले बोका बेचेर परिवारकै लागि एकसरो कपडा फेर्ने र केहि पैसा बचाएर अर्को सानो बोको पनि किनिहाल्ने योजना छ । उनले दुईवर्ष अगाडी देखि नै दशैंमा बिक्री गर्ने गरि बोका पालेर कपडा फेर्ने जोहो जुटाएको बताएका छन् ।

शनिबारको खसी बोका बजारमा पहिला झै चहलपहल बढेको छ। दशैंलाई लक्षित गरेर एक हजार बढी खसी बोका बजारमा ल्याईसकिएको छ । कटहरी गाउँपालिका नगर प्रहरी सुरेश माझीले जानकारी दिएका छन् । उनका अनुसार एक हजारमध्ये शनिबार मात्रै ५०० खशी बोका बिक्री भएका थिए । बजारका आएकामध्ये ३५ केजीको खशी भने बिक्री नभएपछि फिर्ता लगिएको अर्का नगर प्रहरी गणेशकुमार मुडयारीले जानकारी दिए । दशैंमा धेरै वजन भएको खशी धेरैले किन्दैनन् । बजारमा व्यापारीक कारोबार गरेर खशी काट्ने फ्रेस हाउसमा ल्याउँदा बजार भन्दा न्यून मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ ।

कटहरीमा लाग्ने यो खशीबोका बजारमा सुनसरीको इनरुवादेखिका व्यापारी समेत आईपुग्छन् । सुनसरी इनरुवा–१० का सुरेश पोदारले ९ वटा बोका हाटखोलामा ल्याएका थिए।उनले ल्याएको सबै बोका विकेको बताएका छन्। उनले व्यापर कै लागि अरूबाट बोका किनेर हाट बजारमा आएर बेचेको बताए । उनले नौवटा बोकाबाट तीन हजार ६०० नाफा कमाएको बताए ।

यसैगरी अर्का रोहीत अन्सारी कञ्चनबारीबाट दस वर्ष देखि बोका व्यापार गर्दै आएका छन्। उनले दसैं लक्षित व्यापारका लागि धरान, केराबारी, चतरा र अन्य ठाउँबाट बोका ल्याएर बिक्री गर्ने गरेका छन् । अरु बेला भन्दा दशैंमा बली चढाउनेहरुले बोका खोज्ने भएकोले माग बढ्छ ।

दुहवी–१२ पूर्वकुसाहाबाट अरुण कुमार मण्डलले ठिक्क ९–१० केजीका चारवटा बोका आफैं पालेर ल्याएका थिए । उनले बुधबार र शनिबार गरेर बिक्री भईसकेको बताए । सुनसरी बर्जु–७ बाट जीत बहरदुर खड्काले हाटबाट कालो ११ हजार पर्ने बोका किनेर दशैं मनाउन लगेका थिए । उनी सुनसरीबाट हाटखोला बोका किन्नलाई आए अनि सुनसरीकै बोका किनेका थिए । यो दशैंको अन्तिम खशीबोका बजार बुधबार लाग्नेछ । बिहीबार फूलपाती भएका कारण आगामी बुधबारको खशीबोका बजार निक्कै भीड हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्