विराटनगरमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन : आकस्मिक चेकजाँच–मापसे नियन्त्रण

<span class='c1'>विराटनगरमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन</span> <span class='c2'>: आकस्मिक चेकजाँच–मापसे नियन्त्रण</span>

इन्दु साह
विराटनगर । मोरङमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजनालाई कडाईपूर्वक कार्यान्वयन गरिने भएको छ ।

जिल्लामा रहेको विद्यमान ट्राफिक जनशक्ति परिचालन गरेर सवारी आवागमनलाई सहज बनाइने भएको हो ।

दशैंमा मठ मन्दिर तथा शक्तिपीठहरूमा सवारी आवागमनलाई सहज बनाउन समेत थप जनशक्ति खटिनुपर्ने अवस्था रहेको छ । मदिरा सेवन गरी सवारी चलाउने र मोटरसाइकलमा तीन जना चढ्ने जस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि बारम्बार क्रस चेकिङ गर्ने तयारी गरिएको छ ।
त्यस बाहेक सार्वजनिक यातायातमा हुने समस्याहरू समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कुनै यात्रुलाई समस्या भए यात्रु सहायता कक्षमा राखिएको नम्बरमा फोन गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले जानकारी दिए । उनको अनुसार टिकटमा कालोबजारी र यात्रुहरूले भोग्नुपरेका अन्य समस्याहरूको तत्काल समाधान गर्ने लक्ष्य राखिएको छ ।

बजार क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि बिराटनगर महानगरपालिकाको खाली जग्गा प्रयोग गर्ने योजना बनाइएको छ। मेला र मन्दिरहरूमा हुने भीडभाड व्यवस्थापनका लागि समेत टाट्रिक प्रहरी परिचालन गरिने छ । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न चेकजाँचलाई कडा पारिने छ। यात्रु सहायता कक्षबाट भाडादर र सुरक्षित यात्राबारे जनचेतना फैलाउने काम गरिने बताइएको छ ।यसका साथै नगर क्षेत्रभित्र दैनिक तीन पटक फरक–फरक स्थानमा सवारी चेकजाँच गरिने कार्यक्रम रहेको छ। यी सबै प्रयासहरूले विराटनगरमा सडक सुरक्षा बढाउन र ट्राफिक व्यवस्थापन सुधार गर्न महत्त्वपूणर् योगदान पुर्‍याउने अपेक्षा लम्सालले गरेका छन् । साथै दशैँ लक्षित जनचेतनामुलक कार्यक्रम पनि ट्राफिक प्रहरीद्वारा गरिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्