दशैँको रौनकले छाउँदै विराटनगर

<span class='c1'>दशैँको रौनकले</span> <span class='c2'>छाउँदै विराटनगर</span>

प्रेम देवान
विराटनगर । नेपालीहरुको महान चाड दशैँले घर आगनमा पाईला टेकिसकेको छ । दशैँको रौनक बजारमा छपक्कै छाईसकेको छ भन्दा फरक नपर्ला । नेपालीहरुको सबैभन्दा ठुलो अनि रमाईलो पर्वको रुपमा मनाईने दशैँमा राम्रा राम्रा लुगा अनि मिठा मिठा परिकार खाई आफु भन्दा ठुलाबढाको हातबाट लगाईने टिका र जमाराको छुटै नै ईतिहास छ ।

अहिले विराटनगरको बजारमा पनि दशैँको छनक दिन थालेको छ । बजारमा आम सर्वसाधरणको भीड लाग्न थालिसकेको छ । कतिपय कलेज तथा स्कुलहरुले विदा समेत दिईसकेका छन् । साना बालबालिकाहरु आफ्ना अभिभावकहरुसँग बजारमा लुगा किन्न आउन थालिसकेका छन् । त्योसँगै घरायसी सामाग्री किन्नेहरुको पनि भिड विराटनगरको बजारमा देख्न सकिन्छ । दशैँको लागि भनेर खसी बजार पनि लाग्न थालेको छ ।

पहाडी जिल्लाहरुबाट खरिद गरेर ल्याइएका खसी बोकाहरु अहिले विराटनगरको विभिन्न स्थानहरुमा किनबेच हुन थालेका छन् । दशैँमा विशेष गरी खसी काट्ने चलन रहेका कारण पनि यो समयमा बढी मात्रामा खसी बोका किनबेच हुनेगरेको छ । यता विराटनगरका विभिन्न सपिङ मलहरुले ग्राहकहरुलाई भारी मात्रामा छुटको योजना समेत सार्वजनिक गरेका छन् ।

विराटनगरको सेन्ट्रल मल र भाटभटेनी सुपर मार्केटले दशैँको लागि भनेर विभिन्न सामान खरिदमा विशेष छुट दिएका छन् । अन्य बर्षभन्दा यसपटक विशेष छुटको व्यावस्था गरिएको भाटभटेनी सुपर मार्केट विराटनगरका शाखा प्रमुख पर्शुराम तिमिल्सीनाले बताए । ग्रोसरीदेखी ईलोक्ट्रोनिक, कपडा, किचन आईटममा १० देखी ४० प्रतिशत सम्म छुटको व्यावस्था गरिएको उनले जानकारी दिए ।

यता विराटनगरको हिमालय रोडमा दशैंको माहोललाई व्यापक बनाउन सडक खाना महोत्सवसंगै सांगीतिक कार्यक्रम जारी छ । विराटनगरका जतिन ताम्राकारको युवा टिमले अहिले विराटनगरको हिमालय रोडमा भव्य कार्यक्रम आयोजना गरिएको छ । गत असोज १७ गतेदेखी २३ गतेसम्म जारी महोत्सवमा दशैँको रौनक आउने भाइव्स दिएको छ ।

उता विभिन्न मोटरसाईकल तथा स्कुटी कम्पनीहरुले पनि दशैंको मध्यनजर गर्दै ठाउँ ठाउँमा मेला आयोजना गरेका छन् । उनीहरुले दशैँ तथा तिहारमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै अफर दिने गरेका छन् । आम सर्वसाधरणहरुले पनि मोटरसाईकल तथा स्कुटी किन्नको लागि दशैँ अफरलाई पर्खिरहेका हुन्छन् । त्योसँगै विभिन्न कम्पनी तथा अस्पतालहरुले समेत दशैं अफर ल्याएको पाईन्छ । विराटनगरको विभिन्न ठाउँहरुमा ग्राहकहरुलाई आर्कर्षित पार्न अफरका बोर्डहरु टागेका हुन्छन् ।

त्यति मात्र हैन विराटनगरको विभिन्न स्थानहरुमा दुर्गा पुजाको लागि पण्डाल टागेर दुर्गा भगवानको पुजापाठ गर्ने चलनले त झनै दशैँको अर्को रौनक छाउने गर्दछ । विराटगरको विभिन्न दुर्गा मन्दिरहरुमा बिहानै नौराथाको पुजापाठदेखी बालबालिकाहरु मेला भर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्