मोरङको बेलबारीमा कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

<span class='c1'>मोरङको बेलबारीमा कार र मोटरसाइकल</span> <span class='c2'>ठोक्किँदा प्रहरी जवानको मृत्यु</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ ।

मृतक प्रहरी जवान मोटरसाइकल चालक हुन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६ः४० बजेतिर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।

प्रहरीका अनुसार अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किएको देखिन्छ । यद्यपि, अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी जोशी बताउँछन् ।

दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् । प्रहरीका अनुसार दुर्घटनाको कारण यकिन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्