बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख रुपैयाँ सहयोग

<span class='c1'>बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा</span> <span class='c2'>२५ लाख रुपैयाँ सहयोग</span>

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सोमबार प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु गु्रपका अध्यक्ष देवि प्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपैयाको चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।

मुलुकलाई विपत्ती आईलागेको अवस्थामा राहत तथा पुर्नस्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिए । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भईरहेको उनको भनाई छ । बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दावी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्