विराटनगर फर्कदै गरेको पेट्रोल बोकेको ट्याङकर भारतको नरपथगछमा दुर्घटना

<span class='c1'>विराटनगर फर्कदै गरेको पेट्रोल बोकेको</span> <span class='c2'>ट्याङकर भारतको नरपथगछमा दुर्घटना</span>

विराटनगर । भारतको बरौनीबाट इन्धन लोड गरेर नेपाल आयल निगम विराटनगर आउँदै गरेको ट्याङ्कर भारतको बिहार नरपथगछमा दुर्घटना भएको छ ।

२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई सडक भन्दा केहि तल झरेको थियो । सोमबार मध्ये राती ट्याङकर सडकबाट केहि तल झरेर आगलागी भएको थियो ।

ट्याङकरमा चालक मो.कलिम थिए । यो ढुवानी व्यवसायी सुल्जित सिंहको गाडी हो । ना ४ ख ३१०९ नम्बरको ट्याङकर ११ हजार भोल्टेज बिद्युत प्रसारण लाइनको पोलमा ठोकिएर पल्टिएको बताइएको छ । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नवबिनोद पोखरेलले २० हजार लिटर पेट्रोल बोकेको ट्याङकर लोड भएर नेपाल आउने क्रममा फारबिसगञ्जदेखि ५ किलोमिटर दुरीमा पल्टिकएको जानकारी आएको बताए ।

उनले ढुवानी व्यवसायीको ट्याङ्कर पूर्ण रुपमा क्षति भएको र नेपाल आयल निगमको २० हजार लिटर पेट्रोल जलेको बताए । उनका अनुसार इन्धनको बीमा हुने भएकोले त्यसको भरण हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्