प्रथम बुढीगंगा हाफ म्याराथन कात्तिक १० गते हुने

<span class='c1'>प्रथम बुढीगंगा हाफ म्याराथन</span> <span class='c2'>कात्तिक १० गते हुने</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

कात्तिक १० गते शनिबार लायन्स क्बल अफ टंकीसिनवारी ग्रिनसिटीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गराएको छ । सो कार्यक्रममा एक हजार ५ सय भन्दा बढीको सहभागिता हुने कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । प्रतियोगितामा २१ किलोमिटर दुरी रहने खुल्ला दौडमा महिला र पुरुष धावकधाविकाले प्रतिस्पर्धा गर्नेछन् । म्याराथनमा बिजेताले १ लाख एक हजार रुपैयाँको साथै मेडल र ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी द्धितीय, तृतीय, चौथा र पाँचौ हुनेले क्रमश : ५१ हजार, ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ र मेडल र ट्रफि प्राप्त गर्नेछन् । २१ किलोमिटर दुरी पूरा गर्ने धावकहरुलाई मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी पाँच किलोमिटर दुरी तय गर्ने बालबालिकाहरु सहभागि हुने म्याराथनमा समेत पुरस्कार राखेको छ । १४ वर्ष मुनिका बालबालिका सहभागि हुनेछ । १४ वर्ष मुनिका बालबालिहरुको प्रथम, द्धितीय र तेस्रो हुनेले क्रमश : २५ हजार, २० हजार र १५ हजार रुपैयाँ रहेको छ । चौथोले १० हजार र पाँचौ हुनेले ५ हजार नगद पाउने छन् । खुल्ला म्याराथनमा बुढीगंगाको टंकीसिनबारीबाट सुरु भएर धरान–विराटनगर सडकखण्ड हुँदै रोडशेष चोक पुग्नेछ । रोडशेष चोकबाट पुन: विराटनगरको मुख्य सडक हुँदै जलजला, तिनपैनी, पोखरिया, पुष्पलाल चोक भएर गोकुवा नहरको बाटो भइ राजमार्गबाट पुन टंकीसिनवारीमा आएर २१ किलोमिटरको दुरी तय गर्नेछन् । यी सबै दौड विहान ६ बजेबाट सुरु हुनेछ । पुरस्कार वितरण साझमा सांस्कृतिक कार्यक्रमको बीचमा हुनेछ । सांस्कृतिक कार्यक्रममा नेपाल को चर्चित ब्याण्ड एमटी८८४८,हास्यगायक श्रीकृष्ण लुइँटेल(बोकेदारी),डान्सर समिक्षा थापामगर,ओलम्पिकबैकुण्ठ मानन्धर र सन्तोषी श्रेष्ठ समेतको कार्यक्रम उपस्थित रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्