धनकुटामा प्रहरीले गाँजा फाँड्यो, फल्ने फाँड्यो की नफल्ने ?

<span class='c1'>धनकुटामा प्रहरीले गाँजा फाँड्यो, फल्ने</span> <span class='c2'>फाँड्यो की नफल्ने ?</span>

विराटनगर । प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका केहि क्षेत्रमा गाँजाका बोट नष्ट गरेको छ । भर्खरै उम्रेका गाँजाका बेर्ना नष्ट गरिएको प्रहरीको दावी छ ।

असोज २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका–३, ४ र ५ वडा एरियाको १० रोपनी क्षेत्रफलमा रहेका ६ हजार ५०० बोट, साँगुरीगढी ७ र ८ स्थितमा २ हजार ५०० बोट र पाख्रिबास–१० स्थितमा ९ सय बोट नष्ट गरेको हो ।

अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको जानकारी छ । तर, गाँजा कारोबार गर्नेहरुले भने प्रहरीले नष्ट गर्ने बेर्ना काम नलाग्ने मात्रै हुने गरेको आरोप लगाउने गरेका छन् । गाँजाका बेर्ना समेत फल्ने र नफल्ने हुने भएकोले प्रहरीले नाबो मात्रै फाँडेर हिड्ने त्यसपछि बीउ छरेर उत्पादन गरेको गाँजा फलाएर बिक्री हुने गरेको बताइन्छ ।

वर्षात्मा पानी परेर भिजेको जमिनमा नाबो गाँजाका बिरुवा जताततै उम्रने गरेको छ । यसको बीउ भने खेतीयोग्य जमिन र खासगरी प्रहरीको आँखा नपुग्ने पाखामा छरिने गरिएको बताइन्छ । यदि फल्ने नै गाँजा बारीमा प्रहरी पुगे त्यसको कमिसन लिइसक्ने आरोप लगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्