विराटनगर महानगरद्वारा बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्भ

<span class='c1'>विराटनगर महानगरद्वारा बैजनाथपुर अस्पतालमा</span> <span class='c2'>बर्थिङ सेन्टर शुभारम्भ</span>

विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर-१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ ।

मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिनेछ । विराटनगरको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर बैजनाथपुर अस्पतालबाट प्रसूति सेवा शुभारम्भ गरिएको मेयर कोइरालाले बताउनुभयो ।

शिशु र मातृ मृत्युदर घटाउन मद्दत पुग्ने दाबी गर्नुभयो । ‘बैजनाथपुर मात्रै होइन यस आसपासका क्षेत्रका नागरिकका लागि अब प्रसूति गराउनकै लागि कोशी अस्पताल र महँगो शुल्क तिरेर निजी अस्पताल र नर्सिङ होम गइरहनुपर्दैन,’ मेयर कोइरालाले भन्नुभयो, ‘प्रभावकारी बनाउन दक्ष जनशक्तिका साथै उपकरणहरुसमेत थप्दै जानेछौं ।’ मेयर कोइरालाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यको विकासमा महानगरपालिकाले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिनुभयो ।

अस्पतालबाट चौवीसै घण्टा सेवा दिने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर कार्की, विराटनगर-१९ का वडाध्यक्ष श्याम घिमिरे, ९ का अध्यक्ष विश्वनाथ भगत, जिल्ला स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द राजवंशी, स्थानीय समाजसेवी प्रशान्त चौधरी, स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्की, बैजनाथपुर अस्पतालका संयोजक भोला तिम्सिनालगायतले बर्थिङ सेन्टर सुरु भएसँगै शिशु र मातृ मृत्युदरमा कमी आउने विचार व्यक्त गर्नुभएको थियो । बैजनाथपुर अस्पतालबाट चौवीसै घण्टा प्रसूतिका साथै एम्बुलेन्स सेवा सञ्चालन भइरहेको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्