विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो

<span class='c1'>विदेश घुम्न जाने</span> <span class='c2'>नेपालीहरुको संख्या बढ्यो</span>

काठमाडौं । विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।

सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर-अक्टोबर-नोभेम्बर गरी तीन महिनामा नेपालबाट विदेश घुम्न जानेको संख्या बढेको देखिएको हो । विभागका अनुसार विगत पाँच वर्षको तथ्यांक हेर्दा युनाइटेड अरब इमिरेट्स (यूएई)जाने नेपालीको संख्या सबैभन्दा बढी छ । सन् २०२४ को सेप्टेम्बरमा नेपालबाट ४२ हजार ९५४ जना नेपाली विदेश घुम्न गएको देखिन्छ । यो संख्या युनाइटेड अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, सिंगापुर, इन्डोनेशिया र युरोपका चार देश फ्रान्स, जर्मनी, स्पेन र इटालीमा घुम्न जाने नेपालीको हो ।

विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै भने यूएई जानेको संख्या छ । यूएई जानेको संख्या सन् २०२४ को सेप्टेम्बरमा मात्रै ३७ हजार ५२५ रहेको छ ।
सरकारले विदेश भ्रमणमा जानेलाई एकपटकमा दुई हजार पाँचसय अमेरिकी डलरसम्मको सटही सुविधा दिएपछि घुमघामका लागि सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्