दशैंको दुई दिन नेपाल प्रहरीको निःशुल्क बस संचालन

<span class='c1'>दशैंको दुई दिन नेपाल</span> <span class='c2'>प्रहरीको निःशुल्क बस संचालन</span>

काठमाडौं । नेपाल प्रहरीले दशैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस संचालन गरेको छ ।

प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस संचालन गरेको हो। प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस संचालन गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले दशैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा संचालन गरिएको हो। प्रहरीले हरेक वर्षको दशैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा संचालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्