मनकामना केबल कार तीन दिन बन्द रहने

<span class='c1'>मनकामना केबल कार तीन</span> <span class='c2'>दिन बन्द रहने</span>

काठमाडौं । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ ।

भोलि मंगलबारदेखि तीन दिनसम्म केबलकार बन्द हुने सूचना जारी गरिएको छ ।

मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो। मनकामना दर्शन प्रालि सूचना जारी गर्दै दसैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो भने द्वादशीको एक दिन भने केबलकार चलाइएको छ। केबलकारको सेवालाई हालै मात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ। त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन्।

ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ। १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रालिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्