दशैं विदापछिको सिंहदरबार : सुनसान छन् मन्त्रालय

<span class='c1'>दशैं विदापछिको सिंहदरबार :</span> <span class='c2'>सुनसान छन् मन्त्रालय</span>

काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ ।

टीम मंगलबार बिहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो । फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुलेपनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो ।

मानिसहरुको आवतजावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरु काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए ।
तर दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ । आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ । दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम सडकहरु पूर्ण रुपले संचालनमा आइसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्