निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति

<span class='c1'>निःशुल्क डायलाइसिस सेवा दिन</span> <span class='c2'>थप ११ अस्पताललाई अनुमति</span>

स्वास्थ्य मन्त्रालयले मृर्गाैला रोगीलाई निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति दिएको छ । यो अनुमतिसँगै देशभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ ।

सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई अनुमति दिएको हो । वीरेन्द्र सैनिक अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल, बयोधा अस्पताल रहेका छन् । उपत्यका बाहिर रुपन्देहीको गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको चिकित्सा व्यवस्थापन महाशाखाले जनाएको छ ।
अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्र, मृर्गौला केन्द्र र चार वटा अञ्चल अस्पतालसहित ३२ अस्पतालमा सरकारले निःशुल्क डायलाइसिस हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्