विराटनगरबाट काठमाडौंका चल्न थाल्यो सुतेर जाने बस, कति छ त भाँडा ?

<span class='c1'>विराटनगरबाट काठमाडौंका चल्न थाल्यो सुतेर जाने</span> <span class='c2'>बस, कति छ त भाँडा ?</span>

विराटनगर । वान प्लस यातायता प्रालीले स्लिपर एसी सहितको सुविधा युक्त बस संचालनमा ल्याएको छ । काठमाडौं, विराटनगर र ईटहरीका ६ जना युवा व्यावसायीको साझेदारीमा १० वटा स्लिपर एसी बस संचालनमा ल्याएका हुन् ।

विराटनगरबाट पहिलोपटक ‘एयर सस्पेन्सन सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ । वान प्लस यातायात प्रालिले विराटनगरदेखी काठमाडौंका लागि २ वटा ‘वान प्लस एयर बस एसी’ संचालनमा ल्याइएको संचालक मध्येका एक ज्योती भट्टराईले जानकारी दिए ।

एक करोड बढी परेको बसमा विराटनगरदेखी काठमाडौं सम्म ८ जना सम्म सुतेर जान मिल्ने सुविधा रहेको भट्टराईले बताए । ‘वान प्लस एयर बस एसी’ स्लिपर बसमा पिउने पानीको सुविधादेखी फष्ट एडका औषधीहरु उपलब्ध रहेको वान प्लस यातायात प्रालीले जनाएको छ ।

प्रालिका अनुसार बसमा यात्रुहरुलाई फ्रि वाईफाई , जिपियस लोकेशन, तातो चिसो एसी, मोवाईल चार्जिङ्ग, सिसी क्यामाराले चालकदल तथा यात्रुहरुको यात्रा अवधीभर निगरानी गर्नेछ ।
विराटनगरदेखी काठमाडौं चल्ने ४१ सिटे बसमा ३२ जनाको लागि फोल्डिङ्ग सिट, १ जना स्लिपर क्याविन छेउ र ८ जना सुतेर यात्रा गर्न मिल्ने सुविधा रहेको प्रालिले जनाएको छ । सुतेर यात्रा गर्न मिल्ने सिटको भाडा दुई हजार पाच सय र बसेर यात्रा गर्न मिल्ने सिटको भाडा २ हजार २ सय ५० भाडा निर्धारण गरिएको अर्का बस संचालक भीम अधिकारीले जानकारी दिए ।
एकै घर–परिवारका सदस्य, महिला, बालबालिका र अशक्त व्यक्तिहरूले आरामदायीपूर्वक सुतेरै यात्रा गर्न सकून् भन्ने उद्देश्यले नयाँ सुविधायुक्त बसहरू भित्राईएको बस सचालक उत्तर लामाले जानकारी दिए ।

यस अघि वान प्लस यातायात प्रालिले काठमाडौं धरान, काँकडभिट्टा संचालनमा ल्याईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्