विराटनगरमा एक जनामाथि खुकुरी प्रहार

<span class='c1'>विराटनगरमा एक जनामाथि</span> <span class='c2'>खुकुरी प्रहार</span>

विराटनगर । विराटनगरको भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका संचालक दिलिपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ ।खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ । उनको उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । भगत मुन होटलका संचालक हुन् ।होटलमा आएका दुई जनाको समूहले मंगलबार साँझ ६ बजेतिर आक्रमण गरेको प्रहरीको भनाइ छ । आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त होटल विराटनगरको रोडशेष उत्तर भूमि प्रशासन चोकमा रहेको छ । हतियार प्रहार गरेर आक्रमणकारी भने भागेको प्रहरीको दाबी छ । पुरानो रिसिइबीकै कारण आक्रमण भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्