दशैं मेरो प्राथमिकतामा पर्दैन : अध्यक्ष प्रचण्ड

<span class='c1'>दशैं मेरो प्राथमिकतामा पर्दैन</span> <span class='c2'>: अध्यक्ष प्रचण्ड</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् ।

बुधबार कुराकानीमा वडादशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिए ।

‘जनयुद्धभरी र त्यपपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रुपमै लिनेगर्छु । घरमा परिवारका सदस्यहरु, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन । उनीहरुलाई सहयोग चाहीं गर्छु,’ अध्यक्ष दाहालले भने । अध्यक्ष दाहालले दशैंमा प्राय टीका लगाउने गरेका छैनन् । तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्वीर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्बिर उनकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्