सुनको मूल्य हालसम्मकै उच्च

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>हालसम्मकै उच्च</span>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्