दशैं विदामा मकालु हिमाल ट्रेकिङ गरे संघका अध्यक्ष राठीले

<span class='c1'>दशैं विदामा मकालु हिमाल ट्रेकिङ</span> <span class='c2'>गरे संघका अध्यक्ष राठीले</span>

विराटनगर । दशैं लगायतका चाडपर्वमा विदाको अवसर पारेर प्राय धेरै व्यक्तिहरुले विदेश घुम्न पुग्छन् । विराटनगरका प्रतिष्ठित उद्योगी, व्यापारी, शैक्षिक संस्थाका सञ्चालक, प्राज्ञिक व्यक्तिहरु कि त भारत पुग्छन् कि त त्यस बाहेकका देशमा मज्जाले घुम्छन् ।

धेरैजसो मारवाडी समुदायका व्यापारी तथा उद्योगीहरु नेपालका रमणीय स्थान घुम्न कमै चासो राख्छन् । तर, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले भने यस पटक मकालु आधार शिविर (बेस क्याम्प) सम्मको पदयात्रा गरेका छन् । उनले आफ्नी श्रीमती रेखा राठीसहित मकालु आधार शिविर (वेश क्याम्प) को पदयात्रा (ट्रेकिङ) सम्पन्न गरेर अहिले कार्यक्षेत्र विराटनगर फर्केका हुन् ।

असोजमा विजया दशमी चाड पर्वको विदाको अवसर पारी राठी दम्पतीले मकालु क्षेत्रतर्फको पदयात्रा सफलतापूर्वक तय गरेको जानकारी दिएका छन् । नेपालको मकालु–वरुण राष्ट्रिय निकुञ्ज अन्तरगत ४,८७० मिटरको उचाईमा अवस्थित मकालु आधार शिविर विश्वको पाँचौं अग्लो चुलीको रुपमा रहेको छ ।

सो आधार शिविरको पदयात्राको क्रममा यात्रीले ८०,००० भन्दा बढि खुड्किला यात्रा तय गर्नुका साथै कैयौँ हिमाल, पहाड, नदी–नाला, झरना आदि पार गर्दै विभिन्न सांस्कृतिक गाउँहरु तथा अनेकौँ वनस्पति, जीव–जन्तु र मनोरम दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त गर्ने गर्दछन् । नेपालमा यसरी पदयात्रा गर्दाको महशुस भिन्नै भएको राठीले बताएका छन् । उनले नेपालमा भएका प्राकृतिक सुन्दरतालाई बुझ्नका लागि आफ्नै देशमा घुम्ने संस्कृति विकास गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्