‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र, अन्तर्राष्ट्रिय स्तरको बनाउने आयोजकको दावी

<span class='c1'>‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र,</span> <span class='c2'>अन्तर्राष्ट्रिय स्तरको बनाउने आयोजकको दावी</span>

विराटनगर । विराटनगरको मनेरोडस्थित जैन भवनमा यही कातिक १० हुने तेस्रो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।


म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक एवम संयोजक सन्तोष महत (सेन्ट्रो) ले जानकारी दिए । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण रहेका छन् । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ जनाइएको छ ।
कार्यक्रममा फुट स्टल पनि रहने संयोजक सेन्ट्रोले जानकारी दिए । यस पटकको म्युजिक फेस्टिबल फरक तरिकाले नयाँपन दिने गरी तयारी गरिएको उनले बताए । ‘संगीतप्रेमी दर्शक स्रोताहरुको लागि अनलाइनबाट पनि टिकट काट्ने व्यावस्था हामीले मिलाएका छौं,’ उनले भने, ‘त्यसको लागि मोवाइलमा (आइएमी पे ) एप डाउनलोट गरेर म्यूजिक फेस्टिबलको टिकट लिन सकिनेछ । त्यस बाहेक पनि विराटनगरको २० भन्दा बढी स्थानमा टिकट पाइन्छ ।’


फेस्टिबल सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने उनले बताए । ‘यसअघि दुई पटक सफलता पुर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीगितक कार्यक्रम हो,’ संयोजक सेन्ट्रोले भने, ‘यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ ।’ फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिने उनले बताए । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको आयोजक सस्था सदस्य अमित राजभण्डारीले जानकारी दिए ।


म्यूजिक फेस्टिबलमा विराटानगरका स्थानीय कलाकारहरुको पनि प्रस्तुती हुनेछ । फेस्टिबल हेर्नको लागि आयोजकले २ सय रुपैयाँ टिकट राखेको छ भने डोर सेल ३ सय रुपैया रहेको छ । अहिलेका युवा पुस्ता छाएका कालाकारहरु आउने भएका कारण धरान ,ईटहरी , बेलबारी , दमक , ईनरुवा लगायत विराटनगरका ४ हजार भन्दा बढी दर्शकहरु आउने आयोजकले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्