विराटनगरको कोशी अस्पतालबाट सिटीसफारी चोरी भएपछि…

<span class='c1'>विराटनगरको कोशी अस्पतालबाट</span> <span class='c2'>सिटीसफारी चोरी भएपछि…</span>

इन्दु साह
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालबाट सवारी साधन चोरी हुने क्रम बढ्दो छ। मोटरसाइकल र साइकल मात्र नभई अब सिटी सफारी जस्ता ठूला सवारी साधन समेत चोरी हुन थालेका छ। सोमबार जहदा गाउँपालिका ४ का ३३ वर्षीय चन्दन पौदारको सिटी सफारी कोशी अस्पताल परिसरबाटै हराएको छ। बिरामी श्रीमतीलाई लिएर सोमबार बिहान १० बजे अस्पताल आएका पौदारले आफ्नो सवारी साधन दिउँसै चोरी भएको आवर विराटनगरलाई बताए।

श्रीमतीको खुट्टा सुनिएर हिँड्न नसक्ने अवस्था भएकाले सिटी सफारीमै राखेर अस्पताल परिसरसम्म ल्याएका थिए। बिहान १० बजे अस्पताल परीसरमा राखिएको सफारी अपराह्न १२ बजेदेखि दिउँसो २ बजेको बीचमा हराएको हो ।

यसअघि पनि अस्पताल परिसरबाट मोटरसाइकल र साइकल लगायतका सवारी साधनहरू हराउने गरेको पाइएको छ। सिसिटिभी क्यामेरा जडान गरिए पनि प्रभावकारी नभएको र सुरक्षा व्यवस्था चुस्त नरहेको पीडितहरूको गुनासो छ।

अस्पताल प्रशासनले भने सेवाग्राहीका लागि पर्याप्त पार्किङ स्थल नभएको बताएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्