सन्तान आगलागीमा परे, उपचारबाट जीवन फर्काउन पैसा अभाव

<span class='c1'>सन्तान आगलागीमा परे, उपचारबाट</span> <span class='c2'>जीवन फर्काउन पैसा अभाव</span>

विराटनगर । पाँचथरको फिदिम नगरपालिका ४ हेवाखोला थापाटारका देवीप्रसाद पौडेल असोज १६ गतेदेखि विराटनगरको आर्या न्यूरो अस्पतालमा छन् । आगलागीमा परेर आफ्ना दुई सन्तान जलेपछि उनीहरुको उपचारका लागि पौडेल खुट्टामा चप्पल समेत नलगाईकन अस्पतालमा खटिरहेका हुन् ।

उनका ११ वर्षीया छोरी सोनिया र १० वर्षका छोरा बादल आगलागीमा परेर गम्भीर घाईते भएका छन् । असोज १५ गते भएको घटनापछि उपचारका लागि झापाको बिएण्डसी, बिर्तासिटीमा भर्ना लिन नमानेका दुई सन्तानलाई आर्या न्यूरोमा भर्ना गरिएको थियो । बीस दिनको उपचारमा १६ लाख रुपैँया खर्च भईसकेको छ । उपचारमा खर्च भए अनुसार दुवै सन्तानको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको पौडेलले बताएका छन् ।

तर, अझै केहि उपचारको कार्य बाँकी नै छ । जेनतेन १४ लाख रुपैँया आफन्तको सहयोगमा उनले जुटाएका थिए । दुईलाख रुपैँया आफ्नै बुताले जुटाएका हुन् । उनीसँग फिदिमका ६ रोपनी जग्गा छ । चानचुन ६ लाखमा बिक्री हुन्छ । सन्तानका लागि उनले त्यहि जग्गा पनि बिक्री गर्न चाहेका छन् । तर, भनेको बेला जग्गा बिक्री भएन । अस्पतालको उपचारमा कुनै कमि नभएको बुझाईमा रहेका पौडेलले छोरा र छोरीको पूर्ण स्वास्थ्य फर्काउन्जेलसम्म राख्ने सोचेका छन् । तर, पैसा अभाव भएपछि उनले सहयोगको याचना गरेका छन् ।

आर्या न्यूरो अस्पतालमा बर्न उपचार कक्षको व्यवस्थापन रहेको छ । त्यहाँ प्लाष्टिक सर्जन डाक्टर अनुराग थापाको टोलिले उपचार गरिरहेको छ । आगलागीबाट उनीहरुको हात, अनुहार पुरै जलेको थियो । उपचारमा संलग्न चिकित्सक थापाले दुवै बच्चा इनलेशन इन्ज्यूरी हो । आगलागीमा इनलेशन इन्ज्यूरी भनेको बन्द कोठामा आगलागीमा पर्दा व्यक्तिको फोक्सो र स्वास फेर्ने नलीमा असर पर्नुलाई भनिन्छ । डाक्टर थापाका अनुसार उनीहरुको २० देखि २५ प्रतिशत शरीरको भू–भाग जलेको थियो । साना बच्चाहरुको १० प्रतिशत भू–भाग जल्दा नै उनीहरु सिकस्त हुन्छन् । अहिले उपचार भईरहेकामध्ये सोनियाको तिघ्राको छाला काटेर दाहिने हातमा प्रत्यारोपण गरिएको छ । बादललाई ज्वरो आईरहेका कारण प्रत्यारोपणको काम बाँकी नै रहेको छ । उनीहरुको अनुहार अहिले औषधी लगाएर सफा गरिएको छ । जलेर गहिरो भएको भाग सफा गर्ने र औषधी लगाउने काम भईरहेको छ । अझै उनीहरुलाई पूर्ण स्वस्थ्य हुनका लागि दशदिनसम्म अस्पतालमा राख्नुपर्ने डाक्टर थापाले जानकारी दिएका छन् ।

यता आफ्ना सन्तानको उपचारका लागि रकम अभावमा छट्पटाईरहेका बुबा पौडेलले भने कतै कुनै दयामाया भएर सहयोग गरिदिने दाता खोजिरहेको बताए । उनले आफूले भातपानी समेत नखाईकन अस्पतालबाट भगवानसँग सन्तानको स्वास्थ्यलाभको कामना गरिरहेको बताउँदै भने–मैले आर्यामा नल्याएको भए के हुन्थ्यो होला ! अहिले उपचारमा खर्च थुप्रै भएपनि छोरी बोल्न थालेकी छिन्, छोरा पनि अब विस्तारै चिन्ने भएको छ ।
पौडेलले केहि सहयोग पाउने आसामा एनएमबी बैंकमा खाता समेत खोलेका छन् । उनले देवीप्रसाद पौडेल (९७६३७०५९११) एनएमबी बैंक खाता नम्बर ०७००१६४८७११०००१८ मा अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्