तीनवर्षका छोरीसहित श्रीमती बेखबर भएपछि विदेशबाट फर्के श्रीमान, भेट्नेलाई ५० हजार इनाम घोषणा

<span class='c1'>तीनवर्षका छोरीसहित श्रीमती बेखबर भएपछि विदेशबाट फर्के</span> <span class='c2'>श्रीमान, भेट्नेलाई ५० हजार इनाम घोषणा</span>

इशु पन्त
विराटनगर । मोरङको बेलबारी–८ बलुवाही बिहीबारेबाट सुनवर्षी घर फर्कने क्रममा तीनवर्षका छोरीसहित श्रीमती बेखबर भएपछि खोजखबरका लागि सहयोग गरिदिन श्रीमानले अनुरोध गरेका छन् । श्रीमती र छोरी माइतीबाट फर्कने क्रममा वेपत्ता भएपछि कतारमा रहेका श्रीमान आकस्मिक रुपमा घर फर्केर खोजी कार्यमा लागेका हुन् । श्रीमती र छोरी फेला पारेर खबर गर्नेलाई ५० हजार इनाम दिने घोषणा समेत श्रीमान अमितकुमार दासले गरेका छन् ।

आफ्नी २१ वर्षीया श्रीमती कृष्टिना राजबंशी माइतीघर बेलबारीमा ठूलो बुबाको मृत्यु भएपछि गत असोज २१ गते काम सकाएर फर्केकी थिइन् । तर, उनी अहिलेसम्म सुनवर्षी ४ स्थित काशीजान घरमा पुगेकी छैनन् । परिवारले प्रहरीमा खोजतलासको लागि निवेदन दिएपनि अहिलेसम्म नभेटिएपछि मंगलबार पत्रकार सम्मेलन गरेर खोजकार्यमा सहयोग गरिदिन अपिल गरेका हुन् ।

माइतबाट घर फर्केकी राजबंशी हराएपछि अहिले दुवैतर्फका परिवारका सदस्य खोजी कार्यमा लागेका छन् । अमितसँग कृष्टिनाको साढे चारवर्ष अगाडी विवाह भएको थियो । एकअर्कालाई मन पराएर भएको विवाहपछि अमित कतार गएका थिए । छोरासहित श्रीमती हराएको खबर पाएपछि अमित असोज २५ गते उहाँ काम गरिरहेको कम्पनीलाई एकलाख ५० हजार जरिवाना बुझाएर आईपुगेको बताउँछन् ।

दिदी सर्मिला राजबंशीका अनुसार कृष्टिनाको बिर्सने समस्या देखिएको थियो । उनमा बिर्सने समस्या भएका कारण सामान समेत हराउने गरेकी थिइन् । उनले चलाउने फोनमा समेत अन्तिम समयमा प्रहरी, दिदी र बहिनीको मात्रै कल विवरण देखिएको छ । तर, उनको लोकेशन सुनसरीको हरिनगर ट्रेस भएको परिवारले जानकारी दिएका छन् । परिवारले खोजतलास गर्दा विराटनगरमा देखिएको भनेर एकजना अपरिचित व्यक्तिले भनेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्