कहिल्यै नसुध्रने, विराटनगरको कोशी अस्पताल

<span class='c1'>कहिल्यै नसुध्रने, विराटनगरको</span> <span class='c2'>कोशी अस्पताल</span>

इन्दु साह
विराटनगर । प्रदेशकै सबैभन्दा ठूलो र पुरानो कोशी अस्पताल विराटनगर सुधार्ने अभियान कहिल्यै सफल नहुने देखिएको छ । कोशी अस्पताल भित्रको सरसफाईमा देखिएको चरम लापरबाहीले सेवाग्राही सधैं जोखिम भोग्न बाध्य हुने गरेका छन् । अस्पताल परिसर प्रवेश गर्दा देखि नै दुर्गन्धले नाक छोप्नु पर्ने अवस्था छ । स्त्री रोग तथा प्रसूति विभाग वरपर फोहोर अव्यवस्थित तरिकाले जथाभावी फ्याँकिएको देखिन्छ ।

सोमबार उक्त विभागको पछाडिपट्टिको क्षेत्रमा अस्पतालबाट निस्कने फोहोर देखि दिसापिसाबको थुप्रो थियो । आवर विराटनगरबाट गएका मिडियाकर्मीले यो विषयलाई प्रशासनसम्म पु¥याउँदा मंगलबार भने केहि फोहोर त्यस ठाउँबाट हटाई सरसफाई गरिएको थियो । अझै पनि पूर्ण रुपले सफा भने भएको छैन । तर कोशी अस्पतालका सरसफाई ईन्चार्ज आनन्द सदाले दुई दिन भित्रमा सम्पूर्ण फोहोर हटाउने बताए । अस्पतालको स्त्री तथा प्रसूति विभागलाई संवेदनशील स्थानको रुपमा पनि लिईन्छ । सुत्केरी आमा तथा नवजात शिशु संक्रमणको जोखिममा हुने भएकोले यो विभाग जतिसक्दो सफा र संक्रमणमुक्त राख्नुपर्ने हुन्छ ।

तर, अस्पतालका सोहि विभागबाट निस्किएको फोहोर भवनको पछाडि भित्ताछेउमा मलमुत्रसहित लतरपतर पारेर फ्याँक्ने गरिएको हो । अस्पतालका सरसफाई इन्चार्जले भने यी सबै फोहोर भिजिटरले फ्याँक्ने गरेको बताए । यस भवन पछाडि कुरुवाहरुका लागि लुगाधुन धारा जडान गरिएको छ । तर, धारा आसपासमा दिसा र पिसाब, रगत पोतिएको बेण्डेज, पट्टी छरपस्ट हुन्छ ।

जति फोहोरको थुप्रो भएपनि कुरुवाले भने त्यहि कपडा धुने र सुकाउने गरेका छन् । अस्पतालले व्यवस्थापन गर्नुको सट्टा अति जोखिम र संक्रमणयुक्त फोहोर फ्याँक्ने गरेको छ । अस्पतालमा विविध समस्या हुँदा समेत सम्बन्धित विभागमा कार्यरत नर्सिङ्गहरु बोल्न सक्दैनन् । प्रशासन हेर्ने मेसु र अस्पताल विकास समितिका अध्यक्षले चासो नै दिदैनन् । अझै भनौं उनीहरु सधैं बेखबर भईदिन्छन् ।

अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.रुणा झाले अस्पतालको समस्या बारे जानकारी नै नभएको बताइन् । उनीसँग बारम्बार कसरी सुधार्ने त कोशी अस्पताल भनेर सोध्दा भनिन्–मसँग केहि छैन, कसरी सुधार्ने मात्रै भनिन् । जवाफ दिन समेत आनाकानी गर्ने मेसु झाले बिरामीप्रति उत्तरदायित्व बोध गर्ने जवाफ दिन पैसा लाग्ने जस्तो गरेकी छिन् । अस्पताल विकास समितिका अध्यक्ष डाक्टर फरवार्ड सिलवालले सरसफाईका लागि कर्मचारी तोकिएको भएप्नि जिम्मेवारी पुरा नगर्ने गरेको बताए । उनले बारम्बार फेरिने मेसुले केहि बुझ्न नपाउँदै अर्को फेरिने भएकाले सधैं नयाँ मात्रै छु भन्ने गरेको बताए । तर, अध्यक्ष सिलवाल समेत अस्पताल पुगेर समस्या बुझ्ने नगरेको कर्मचारीहरु बताउँछन् ।

उनीसँग फोनमा कुरा गर्दा उनले आफू क्लिनिकमा भएको बताए । अस्पताल विकास समितिमा राजनीतिक दलका कार्यकर्ता पठाउँदा भन्दा चिकित्सकलाई नै अध्यक्ष बनाउँदा झन् बेथिती बढेको कतिपय कर्मचारीको भनाई छ । पछिल्लो समय कोशीमा कर्मचारी नियुक्तिदेखि त्यहाँ समग्र व्यवस्थापनमा समेत देखिएको कमजोरीले भद्रगोल सिर्जना गरिरहेको उनीहरुको गुनासो छ ।

अस्पताल सरसफाईका लागि ५५ जना कर्मचारी राखिएको छ । तर अझै पनि कर्मचारी अभाव भएको सरसफाई ईन्चार्ज बताउछन् । सेवाग्राहीले सरसफाईको कम्प्लेन गर्दा सफाई कर्मचारीले हप्कीदप्की गर्ने गरेका छन् । सफाईकर्मीहरुको बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ड्यूटी हुन्छ । तर, कतिपय भने हाँजिर हुने निस्कने गर्दछन् । उनीहरुलाई प्रशासनले अंकुश लगाउन सक्दैन । किनकी त्यहाँका डाक्टरहरुले नै सिकाएको भन्दै उनीहरुले उल्टै हप्काउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्