बरिष्ठ रंगकर्मी विष्णुभक्त फुयाँल रहेनन्

<span class='c1'>बरिष्ठ रंगकर्मी विष्णुभक्त</span> <span class='c2'>फुयाँल रहेनन्</span>

काठमाडाैं, पुस १९

पुराना रंगकर्मी विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ। जमल स्थित नाचघरमा मञ्चन भइरहेको बद्री अधिकारी निर्देशित नाटक ‘महर्षी याज्ञबल्क्य’ मा डायलग बोल्दा बोल्दै ७९ बर्षीय फुयाल बेहोस भएका थिए। बेहोस भएका उनलाई वीर अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। फुयाँलको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीको लागि वुधबार ११ बजे देखि २ बजे सम्म प्रज्ञा प्रतिष्ठानमा राखिने कलाकार मणीराम पोखरेलले बताए। संञ्जीव उप्रेतिको उपन्यास घनचक्कर माथि बनेको नाटकमा पोखरेल र फुयालले सँगै काम गरेका थिए।

उक्त समयमा फुयाँलले ‘नाटक गर्दा गर्दै अन्तिम स्वास लिन पाए हुन्थ्यो’ भन्ने गरेको पोखरेलले सम्झिए। कलाकारको रुपमा अन्त्यन्तै मेहनति र सबैको प्रेरणाको स्रोत भएको अर्का रंगकर्मी भोला सापकोटाले बताए। ‘नाटकमा सँगै पनि काम गर्‍यौं, उहाँ अत्यान्तै सहयोगि र मेहनति हुनुहुन्थ्यौ’, सापकोटाले भने, ‘नेपाली रंग क्षेत्रले अभिभावक गुमाएको छ।’

टेलिसिरियल तितो सत्यमा उनले भन्ने गरेको ‘यो माइ लभ’ चर्चित थियो। बौद्ध महांकाल घर भएका उनका तीन सन्तान छन्। उनले विभिन्न नाटक, चलचित्र र टेलि सिरियलमा अभिनय गरेका छन्। पाँच दशक देखि रंग कर्ममा सक्रिय उनी नाटक पनि लेख्ने गर्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्