फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ। विजयसँगै फिदिम सेमिफाईनलमा प्रवेश गरेको छ।
फिदिम माविको मैदानमा भएको खेलमा फिदिमले पाहुना टोली फ्यान्स क्लब विआसी भुटानलाई २–० ले पराजित ग¥यो। फिदिमका लागि दुवै गोल जर्सी नं. ६ का शरण बस्नेतले गरे। उनले दोश्रो हाफको १९ औं र ३९ औं मिनेटमा गोल गरेका थिए।
प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम क्वाटरफाईनलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र चर्च व्वाईज क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए।
त्यस्तै बिहीबार पहिलो समिफाईनलमा मंगलबारको विजेता फिदिम र विर्ता युनाइटेड क्लब झापाबीच तथा शुक्रबार हुने दोश्रो सेमिफाईनलमा एलेभेन एरोज सुनसरी र बुधबार हुने खेलको बिजेताबीच प्रतिस्पर्धा हुनेछ।
१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाईनल खेल आगामी आइतबार हुने आयोजकले जनाएको छ।