विराटनगरको केशलिया खोला र शमसान घाटबाट पूर्व वडाध्यक्षले माटो उत्खनन गरेको आरोप

<span class='c1'>विराटनगरको केशलिया खोला र शमसान घाटबाट</span> <span class='c2'>पूर्व वडाध्यक्षले माटो उत्खनन गरेको आरोप</span>

प्रेम देवान
विराटनगर । विराटनगरको पूर्ववडाध्यक्ष विजय कामतले केशलिया खोला र मोरङ शमसान घाटको माटो उत्खनन् गरेको भन्दै विराटनगरमा रहेको किराँत समुदायले त्यसको घोर आपत्ति जनाएका छन् ।

विराटनगर वडा नम्बर ६ का पूर्व वडाध्यक्ष कामतले केशलिया खोला छेउ रहेको मोरङ शमसान घाट र केशलिया खोलाको बाधको माटो अवैध रुपमा उत्खनन् गरेको भन्दै किँरात समुदायले विरोध गर्दै कारबाहीको माग गरेका छन् ।

विराटनगरमा रहेका किराँत राई यायोक्खा , किराँत याक्खा छुम्मा ,किराँत याक्थुङ चुम्लुङ्ग , मोरङ शमसान घाट सेवा मञ्चले बुधबार शमसान घाटको स्थलगत अवलोकन गर्दा अवैध रुपमा माटो उत्खनन गरेको भेटिएको थियो । विराटनगरका किराँत समुदायहरुले उक्त स्थानमा ३ दशक भन्दा पहिलादेखी उक्त स्थानमा परिवारजनका मृतकहरुलाई उक्त स्थाननमा शदगद गर्दै आएका छन् । शदगद गरिएको स्थानबाट आफ्नो पुर्खाहरुको शरिर बेच्न लगेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

लामो समयदेखी हाम्रा पूर्खाहरुलाई सदगद गरिएको ठाउँबाट माटो उत्खनन् गर्नाले हाम्रो धर्म,सस्कृति प्रति प्रहार गरि अपमान गरिएको किराँत याक्थुङ चुम्लुङका नगर अध्यक्ष कुमार नाल्बो सुब्बाले आपत्ती जनाए ।

हामीले जहाँ सम्म सुन्नमा आएको ६ नम्बरका पुर्व वडाअध्यक्ष विजय कामतले रातको समयमा माटो उत्खनन् गरेको भन्ने बुझिएको छ,’यदि स–प्रमाण भेटियो भने हामी त्यसै छाड्नेवाला छैनौँ,’अध्यक्ष सुब्बाले भने, यसको छानविन हामी गरिरहेका छौं ।’

केशलिया खोलाको बाँधबाट अवैध रुपमा माटो उत्खनन गर्दा हरेक बर्ष विराटनगर ११, १२ र १६ का वडाहरु बाढीले डुबान हुने गर्दछ । उक्त स्थानबाट करिब ४–५ फिटसम्म माटो उत्खनन् गरेको भेटिएको छ ।

माटो उत्खनन पस्चात ट्याक्टरबाट फोहोरका डङ्गुर उत्त स्थानमा फालेको समेत भेटिएको छ ।

यता मोरङ शमसान घाट सेवा मञ्चका अध्यक्ष मणि राईले माटो उत्खनन् गर्ने समुहलाई तत्काल कारबाहीको हुनुपर्ने बताएका छन् । माटो उत्खनन् विजय कामतले गरेका हुन या अरु कोही छन् त्यसको लागि हामी लागि परिहेका छौँ। यसका लागि पुन मोरङ शमसान घाट सेवा मञ्चको नेतृत्वमा अन्य किराँत समुदायहरुसँग बैठक बसि आगामी दिनको काम कारबाहीको प्रकृया अगाडी बढाउने जनाएको छ । यता पुर्व वडा अध्यक्ष विजय कामतले भने आफुले माटो उत्खननबारे केही थाहा नगरेको बताएका छन् ।

बरु उल्टै मैले शमसान घाट रेखदेख गर्नको निम्ति मान्छे दिएको छु भनेर जवाफ दिए । आखिर जसले गरे पनि बाधको माटो उत्खनन् गर्नु राम्रो भने हैन । यसको परिणाम बर्खायामको समयमा देखिन्छ । त्यसलै यस्ता ठाउँहरुमा सम्बन्धी सरोकारवाला निकायले निगरानी बढाएर माटो उत्खनन् हुनबाट रोक्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्