विराटनगरका हटियामा ढक–तराजु कसले नियमन गर्ने

<span class='c1'>विराटनगरका हटियामा ढक–तराजु</span> <span class='c2'>कसले नियमन गर्ने</span>

इन्दु साह
विराटनगर । विराटनगरका विभिन्न स्थानमा लाग्ने हटियामा नाप तौलमा प्रयोग हुने ढक तराजु मापदण्ड अनुसारको नभएपनि यसको नियमन हुने गरेको छैन । शहरका ४२ स्थानमा लाग्ने हटियामा व्यापारीहरूले प्रयोग गर्ने ढक तराजुमा हुने त्रुटिमा सम्बन्धित निकायको चासो नहुने गरेको हो।

स्थानीय उपभोक्ताका अनुसार हटियामा किनेका सामानहरू स्थायी पसलमा पुनः तौल गर्दा प्रति किलो १०० ग्राम सम्म कम तौल पाइएको छ । अधिकांश व्यापारीहरूले गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित नगरिएको ढक तराजुको प्रयोग गर्ने गरेपनि नियमन गर्ने निकायले खास चासो राख्दैन । केही व्यापारीले त ढुंगा र इँटा जस्ता वस्तुलाई समेत ढकको रूपमा प्रयोग गरिरहेका छन् ।

गुणस्तर तथा नापतौल विभाग विराटनगर कार्यालयका प्रमुख शम्भु कुमार झा हटियाको अनुगमन हुन नसकेको स्वीकार गर्दछन् । उनले आगामी दिनमा निगरानी बढाइने दावी गरेका छन् । उनले उपभोक्ता आफैं पनि यस्ता ठगीप्रति सचेत हुनुपर्ने बताए । । नियामक निकायको प्रभावकारी अनुगमनको अभावमा स्थानीय उपभोक्ताहरू दैनिक रूपमा ठगिन बाध्य भएका छन् । विराटनगरका हरेक स्थानमा हप्तै पिच्छे हटिया लाग्ने भएकोले उपभोक्ताले हटियामै भान्सामा प्रयोग हुने तरकारीदेखि कतिपय अन्य खाद्य वस्तु समेत खरिद गर्दछन् । तर उनीहरु दैनिक ठगिने गरेको पत्तै पाउँदैनन् ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०\८१ मा २ हजार दुई सय १२ व्यापारीको नापतौल यन्त्र जाँच गरिएको छ । तीन हजार पाचँ सय ५६ व्यापारीलाई अनियमित नापतौल प्रयोग गरेबापत कारबाही गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२४ अनुसार नक्कली वा अनियमित नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
हटिया मात्रै नभई उपभोक्ता भारतीय बजार जोगबनीमा समेत उतिकै ठगिने गरेका छन् । तर, केहि सस्तो मूल्यमा पाइने भएपछि उनीहरु त्यसलाई खासै वास्ता गर्दैनन् । गुणस्तरीय वस्तु नपाइने जोगबनी अहिले थेगिनसक्नु भीड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्