विराटनगर कोइराला निवासबाट डाक्टर शेखरको भनाई–सरकारको कामले चिन्तित बनायो

<span class='c1'>विराटनगर कोइराला निवासबाट डाक्टर शेखरको</span> <span class='c2'>भनाई–सरकारको कामले चिन्तित बनायो</span>

विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको प्राथमिकता दल विभाजन अध्यादेश नभई प्रहरी तथा निजामती ऐन हुनुपर्ने बताउनु भएको छ । कोइराला निवास विराटनगरमा पत्रकारसँग राखिएको भेटघाट कार्यक्रममा डाक्टर कोइरालाले नागरिकलाई आसा र भरोसा दिनुपर्ने ठूला दुई दल सम्मिलित सरकारले अनावश्यक कुरामा लाग्नु नहुने बताउनु भएको हो ।

‘के असजिलो छ र दल विभाजन गराउने अध्यादेशमा लाग्नुपर्नेे’ डाक्टर कोइरालाले प्रतिप्रश्न गर्दै भन्नुभयो–बरु प्रदेशलाई बलियो बनाउन प्रहरी ऐन र निजामती ऐन ल्याउनेतिर लाग्नुपर्छ । उहाँले सरकारले एकसय दिनमा नगन्य संख्यामा राम्रा काम पनि गरेपनि आसा र भरोसा जगाउन नसकेको बताउनुभयो ।
उहाँले सरकारले टिआरसी विधेयक र नागरिक एप्समा लाइसेन्स हेर्ने सुविधा दिनु सकारात्मक भएको बताउनुभयो । तर, यो बीचमा कतिपय हात नहाल्नु पर्ने विषयमा समेत जर्बरजस्ती गर्न खोज्दा त्यसले चिन्ता बढाईरहेको उहाँको भनाई थियो ।

सरकारले नेपाल बिद्युत प्राधिकरणमा गरिरहेको हस्तक्षेप र कुलमान घिसिङलाई हटाउन खोजेको विषयले नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो । यसैगरी उपसभामुखलाई दुई तिहाईको बल देखाएर हटाउन खोज्ने कार्य समेत गलत रहेको बताउनुभयो । ‘घिसिङले गर्न खोजेको काम सहि भए कार्यन्वयन गराउनुपर्छ, उनीबाट कमीकमजोरी भएको भए सुधार गर्न भन्नुपर्छ’ डाक्टर कोइरालाले भन्नुभयो–नागरिकको घरमा एक हजार बक्यौता हुँदा लाइन काट्नुपर्ने, उद्योगीको करोड हुँदा छुन नमिल्ने हुँदैन । उहाँले बक्यौता उठाउन प्राधिकरणले गर्ने प्रयासलाई कुनै पनि समितिको छलफलले रोक्न नमिल्ने बताउनुभयो । ‘कार्तिक ८ गतेसम्म बक्यौता नबुझाए काट्ने भन्ने सुनेको थिएँ, काट्नु हुन्छ हुन्न मलाई थाहा छैन तर लेखा समितिमा छलफल भईरहेको भनेर रोक्न चाँहि मिल्दैन’ कोइरालाले भन्नुभयो–सबैलाई समान कानुनको परिधीले बाध्नुपर्छ । उपसभामुखको प्रसङमा नेता कोइरालाले हटाईहाल्नुपर्ने कमजोरी नगरेको हुनाले सानातिना कुरामा अल्झेर सरकारले दिन कटाउन नमिल्ने धारणा राख्नुभयो ।

देशमा राजनीतिक अस्थिरता हटाउन दुई ठूला दल मिलेर बनेको सरकारले नागरिकका काम गर्नुपर्ने बताउँदै कोइरालाले ब्याजदर घट्दा पनि बैंकमा पैसा थुप्रिएर बस्ने कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले रेमिट्यान्स हेरेर सरकार खुशी हुने बेला नभएको बताउँदै नयाँ लगानीबाट उत्साह खोज्नुपर्नेमा उहाँको जोड थियो ।

मुलुकको अर्थतन्त्र रेमिट्यान्सले मात्रै नधान्ने बताउँदै उहाँले उद्योगीव्यवसायीले बैंकबाट ऋण लिन नसक्नुको कारण खोज्नुपर्ने सुझाव दिनुभयो । उहाँले सरकार र राष्ट्र बैंकको स्थिर आर्थिक नीति खोजिरहेका उद्योगीहरुलाई आस्वस्त पार्न जरुरी रहेको बताउनुभयो । सीमापार बजारमा नेपाली उपभोक्ता किनमेलमा गईरहेको प्रसङ्ग जोड्दै कोइरालाले भन्नुभयो–औद्योगिक कच्चाको भन्सार महशुल कटौती गरेर तयारी वस्तुको बढाउनुपर्छ । त्यसो भयो भने नेपालमा उत्पादन हुने वस्तु सस्तो हुनजान्छ ।

नेता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि भईरहेको प्रदर्शन भीडतन्त्रमार्फत न्यायलय प्रभावित पार्ने मनसाय मात्रै रहेको बताउनुभयो । उहाँले सहकारी ठगी प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताउँदै भन्नुभयो–हो भने धनराज गुरुङजीलाई पनि अनुसन्धान गर्नुपर्छ । तर, उहाँ (गुरुङ)ले आफैं अनुसन्धान गर्नु भनेर संसदमा बोल्दा पनि सरकार मौन हुनुको कारण पनि बुझ्न जरुरी रहेको उहाँको भनाई थियो । फौजदारी कसूरमा जो व्यक्ति संलग्न छ उसैलाई मात्रै अनुसन्धान गर्नुपर्ने कुरा हामी कसैले भुल्न हुँदैन, एमालेका ऋषिकेश पोखरेल र गुरुङजीको केस उस्तैउस्तै हुन् ।

अर्को एक प्रसङ्गमा नेता कोइरालाले अदालत र सम्पति सुद्धिकरणको मुद्दा विचराधिन रहेका बखत भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग नेकपा एमालेले त्यो सहयोग नलिएको भए राम्रो हुने बताउनुभयो । उहाँले मिनबहादुर गुरुङ असल मन भएका व्यक्ति भएको र यस अगाडी नागरिकले सेवा पाउने गरिका संरचनामा समेत थुप्रै सहयोग गरेको भएपनि यो बेला सरकारको नेतृत्व गरेको पार्टीले सहयोग लिदाँ गलत सन्देश गएको बताउनुभयो । तर, त्यो सहयोगलाई नराम्रो नै भनिरहनु पर्ने अवस्था चाँहि नभएको उहाँको बुझाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्