हिमाल आरोही निर्मल पुर्जा काठमाडौंमा

<span class='c1'>हिमाल आरोही निर्मल</span> <span class='c2'>पुर्जा काठमाडौंमा</span>

काठमाडौं । एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक निर्मल पुर्जाले सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु चढेर कीर्तिमान कायम गर्न सफल भएका छन् ।

कीर्तिमान कायम गर्न सफल भएपश्चात नेपाल आएका पूर्जालाई नेपालीहरुले भव्यताका साथ स्वागत गरेका छन् । शुक्रबार उनी नेपाल आएका हुन् ।

सोही क्रममा उनले ज्यानको बाजी राखेर नेपाललाई विश्व सामु चिनाउन पाउँदा खुसि लागेको भन्दै सबैको साथ रहने हो भने अझै राम्रो काम गर्ने बताए ।
उनले भने, ‘मैले कति दुख गरे होला यो कुरा म दोहोर्याउन चहान्न । यति कोशिस र ज्यानको बाजी राखेर नेपाललाई विश्व सामु चिनाउँन मैले सानो योगदान दिन पाउँदा खुसि लागेको छ । मैले नेपाललाई चिनाउँने काम गर्न पाएको छु । अझै काम गर्न धेरै नै बाकी छ तपाईंहरु सबैको साथ रहने पनि आशा गर्दछु ।’

उनले ४८ घन्टाभित्र सगरमाथा, ल्होत्से र मकालु जस्ता हिमाल आरोहण गरेका छन् भने ७ महिनाभन्दा कम अवधि (१८९ दिन)मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेका छन् । उनले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु अक्सिजनसहित र अक्सिजनबिना गरेर दुईपटक आरोहण गरिसकेका छन् । यो हिमालहरु सबैभन्दा छिटो आरोहण गर्नेमा पनि उनले आफ्नो नाम राखेका छन् ।

उनलाई प्रत्येक ७ महादेशका सबैभन्दा अग्लो हिमाल अक्सिजनसहित र अक्सिजनबिना गरेर दुईपटक आरोहण गर्ने पहिलो व्यक्तिको रुपमा पनि चिनिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्