सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य

<span class='c1'>सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको</span> <span class='c2'>तयारी, खरिद गर्न नागरिकता अनिवार्य</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री सुरु गर्ने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १३ र १४ गते सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।

बैंकले सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दर मंगलबार १ दिन मात्र विहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्न ४ः०० बजेसम्म बिक्री गरिने जनाएको छ ।

त्यस्तै,बैंकका अनुसार चाँदीको स्मारिका तथा मेडालियन भोलिदेखि १४ गते सम्म विहान ११ बजे देखि मध्यान्न ४ः०० बजेसम्म प्रतिव्यक्ति बढिमा पाँच थानसम्म खरिद गर्न सकिने छ । जसमा गाई अंकित २५ ग्राम गाई अकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अकित १० ग्राम र गजलक्ष्मी अकित १० ग्राम मध्येवाट) विक्री गरिने छ । असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनु पर्नेछ । असर्फी तथा मेडालियन खरीदको लागि नगद तथा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । यस्तै चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ ।

२५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको छ । २५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको बैंकले जनाएको छ ।
१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्