एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन् : मन्त्री अधिकारी

<span class='c1'>एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा</span> <span class='c2'>बस्नु हुँदैन् : मन्त्री अधिकारी</span>

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।

आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन् ।

उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरुमा दुईतीन ठाउँमा बस्न पाइन्न । एउटा व्यक्ति यतापनि छ उता पनि छ । अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन । यो कुरालाई कसरि सुधार गर्नुपर्छ तपाईहरुले ध्यान दिनुहोला । यो नियम कानून बनाउँदाखेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ । त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहेछ । अनि आफूले रिटायर्ड लाईफपछि पनि आफू अनुकुल हुनेगरि कानूनको ड्राफ्ट तयार गरिन्छन् । यसले गर्दा समस्या आएको हो । ’साथै उनले सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको बताए । उनले हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउन समेत आग्रह गरे ।

उनले भने, ‘हामीले समाजवादी लक्ष्य लिएका छौं । सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको छ । त्यसलाई पूरा गर्नको निम्ति हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउने हो नि । हिजोको जटिलतालाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ ? अहिले मैंले भूमिसुधार आयोग बनाउने भनेर भनेको छु । अब हामी आयोग गठन गर्नेतिर जाँदैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्