विराटनगरका सुन–चाँदी व्यवसायीको गुनासो–भन्सार बृद्धि गरेर सरकारले सुन किन्न पनि पारी पठाउन लाग्यो

<span class='c1'>विराटनगरका सुन–चाँदी व्यवसायीको गुनासो–भन्सार बृद्धि गरेर सरकारले</span> <span class='c2'>सुन किन्न पनि पारी पठाउन लाग्यो</span>

विराटनगर । सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुन आयात गर्दा २० प्रतिशत भन्सार दर कायम गरेर खुल्ला सीमा भएको देशका नागरिकलाई पारी नै खरिद गर्न लगाउने नियत राखेको विराटनगर सुन–चाँदी व्यवसायाीहरुले गुनासो गरेका छन् । सरकारले सुनमा लाग्दै आएको १५ प्रतिशत भन्सारलाई बृद्धि गरेर २० प्रतिशत बनाएपछि त्यसको असर स्थानीय बजारमा देखिन थालेको उनीहरुले बताएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष सशीभुषण शाहले सरकारले लिएको गलत निर्णय सच्याउनु पर्ने माग गरेका छन् । उनले नेपालबाट हरेक सामान खरिद गर्न भारत जाने गरेका ग्राहकलाई अब सुन खरिद गर्न समेत भारतमै सजिलो बनाई दिएको गुनासो गरेका हुन् । उनले सरकारको यो निर्णय तिहार अगाडी अर्थात धनतेरस अगाडी नै करेक्सन हुनुपर्ने माग समेत गरेका छन् । शाहले संभवतः सोमबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय सच्याउने आसा रहेको समेत विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारले २०८१÷०८२ को बजेटमा सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत पुर्‍याएको थियो । यसलाई खारेज गर्नुपर्ने माग चौतर्फी रुपमा भईरहेको छ । अध्यक्ष शाहले तिहार अगाडी नै खारेज नभए तिहारपछि सम्पूर्ण कारोबार बन्द राखेर आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

यसैगरी मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष एवं श्री महालक्ष्मी ज्वेलर्सका सञ्चालक विकास बेगवानीले सरकारको निर्णयले स्थानीय बजारलाई असर गरिरहेको बताए । उनले अहिले सुनको मूल्य बढिरहेको बेला भन्सार दर समेत बृद्धि हुँदा त्यसको असर स्थानीय कारोबारमा परिरहेको हो । मूल्यमा तेजी र कारोबारमा आएको मन्दिको असर रोजगारीमा समेत पर्ने कुरा सरकारले बुझ्नुपर्ने बेगवानीको सुझाव छ । उनले यदि नेपालमा भन्दा भारतमा सुन सस्तो भएसँगै खरिद गरेर भित्र्याउने प्रचलन बढेमा त्यसको असर राष्ट्रिय अर्थतन्त्रमा गम्भीर पर्ने उनको भनाई थियो ।

यसैगरी गोल्ड सिल्भर मार्टका सञ्चालक जुगलकिशोर राठीले समेत सुनमा भन्सार बृद्धि गर्ने सरकारको निर्णय तत्काल सच्याउनु पर्ने माग गरेका छन् । उनले सरकारले गत वर्ष पनि भन्सार वृद्धि गरेको सरकारले चालु आर्थिक वर्ष पनि बृद्धि गर्नु गलत रहेको बताए । सुन आयातमा वर्षपिच्छे भन्सार वृद्धि गर्दा विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएको उनले बताएका छन् ।

उनले देशभर २० हजार बढी सुनचाँदी व्यवसायीसँगै २ लाख बढीले प्रत्यक्षरअप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको कुरा सरकारले सम्झनु पर्ने राठीको भनाई छ । उनले मूल्यमा आएको तेजीले कारोबारमा मन्दि छाईरहेको बेला सरकारले यस्तो निर्णय तत्काल सच्याउन जरुरी रहेको बताए । सरकारले भारतीय बजारकोसमेत कुनै प्रवाह नगरी त्यहाँको तुलनामासमेत बढी हुने गरी सुन आयातमा भन्सार दर वृद्धि गर्दा व्यवसायीहरुले कारोबार गर्दा यसको असर उपभोक्तामा पर्ने भएको हो । यसैगरी मनिष ज्वेलर्सका एस अग्रवालले सरकारले नेपाली उपभोक्तालाई नेपाली बजारमै राख्ने नीति बारे कहिल्यै चासो नराखेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्