सरकारले भ्रष्टाचारको फाइल टुंगोमा पुर्याउन सक्दैन : सांसद पाण्डे

<span class='c1'>सरकारले भ्रष्टाचारको फाइल टुंगोमा पुर्याउन</span> <span class='c2'>सक्दैन : सांसद पाण्डे</span>

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पुर्‍याउँछ भन्ने विषयमा जनतामा आशंका रहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको भन्दै भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पुर्‍याउँछ भन्ने विषयमा जनतामा आशंका पैदा भएको बताए ।

उनले भने,‘अहिले जनताको तहमा जति भ्रष्टाचार निवारणका कुरा होस् या अरु विषयमा सरकारी निकायले जनताले अनुभूति गर्ने गरेर काम गरेका हामीलाई लागेको छैन् । अहिले देशमा भएका भ्रष्टाचारका फाइल धेरै छन् । विगतको सरकारले जसरी यसलाई अघि बढाउन खोजेको थियो, त्यसलाई सक्रियताका साथ टुङ्गोमा पुर्‍याउने काममा अख्तियारले अघि बढाउँछ भन्ने विषयमा थुप्रै आशंकाहरु पैदा भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्