एक्कासी बढ्यो विराटनगर नजिक सीमावर्ती बजारमा भारुको मूल्य

<span class='c1'>एक्कासी बढ्यो विराटनगर नजिक</span> <span class='c2'>सीमावर्ती बजारमा भारुको मूल्य</span>

विराटनगर । सुनको अवैध आयात र दिपावलीमा कामदार फर्कने क्रमले विराटनगर नजिकका सीमावर्ती बजारमा भारुको मूल्य बढेको छ । पछिल्लो एक महिनामा एकसय भारुको मूल्य १६७ नेरु पुगेको हो । एक महिना अगाडी १६४ नेरुमा एकसय भारु पाइन्थ्यो । सीमा नजिक रहेका बजारमा भारुको मूल्य बढ्नुमा सुनको भन्सार दरमा गरिएको बृद्धिलाई कारण मानिएको छ । तिहार र धनतेरसलाई लक्षित गर्दै अनधिकृत सुन नेपाली बजारमा भित्रिएको अड्कल गरिएको छ ।

दिपावली मनाउन औद्योगिक क्षेत्रमा का म गर्न आएका भारतीय कामदार फर्कन्छन् । त्यस क्रममा उनीहरुले नेपाली रुपिँया साट्छन् । त्यसले पनि सीमावर्ती बजारमा यसको मूल्य बढाउँछ । नेपाल र भारतमा कागतिहारभन्दा अघिल्लो दिनलाई धनतेरसका रूपमा मनाउने प्रचलन रहेको छ । यस दिन सुन, चाँदी, तामा, पित्तल लगायतका धातु खरिद गरिन्छ । यसवर्षको धनतेरस मंगलबार नै परेको छ ।

सुनचाँदीका पसलेले धनतेरसलाई लक्षित गर्दै सुनको प्रशस्त आयात गरेको दावी गरिएको छ । भारतबाट सुन आयात अनधिकृत रुपमा हुने गरेको छ । जसको प्रभाव भारुको मूल्य बृद्धि हुनुमा पर्दछ ।
गत जेठ १५ सम्म सुनको आयात महसुल १५ प्रतिशत थियो । तत्कालीन बजेटमार्फत् यसलाई २० बनाइएको थियो । उता भारतमा पनि १५ नै थियो । तर साउनमा भारत सरकारले ल्याएको बजेटमा ६ प्रतिशत कायम गरियो । त्यसले भारतमा भन्दा नेपालमा सुन महंगो बनायो । भारतमा सस्तो पर्ने भएपछि स्वभाविक व्यापारीहरुले सुन आयातमा हात हाल्न थाले । अवैध रुपमा आयात गर्नुपर्ने सुनमा पैसा समेत अवैध रुपमै पठाउनु पर्ने बाध्यता हुन्छ ।

वैधानिक मार्गबाट भन्दा अनधिकृत बाटोबाट आउने सुनको परिमाण बढेको छ । यसरी अनधिकृत सुनको आयात बढेको हुँदा खुला बजारमा भारुको अभाव हुने संकेत देखिएको छ । अहिलेकै मूल्य कायम रहे समस्या नहुन पनि सक्ला तर यदि नेपाल सरकारले सुनको भन्सार दर परिवर्तन नगरे भारुको अर्को कारोबार हुने देखिन्छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष सशिभुषण शाहले अहिले नै भारतबाट अवैध रुपमा सुन भित्रिएको भन्न नमिल्ने बताए । उनले तर संभावित कारोबारको सूचिमा सुन पर्नसक्ने बताएका छन् । उनले सरकारको नीतिले सीमापार हुने कारोबारमा सुन समेत पर्ने दिन आईरहेको बताए ।

श्री महालक्ष्मी ज्वेलरीका सञ्चालक विकास बेगवानीले धनतेरसका दिन सुन–चाँदीको कारोबार हुने गरेको बताए । उनले सरकारले सुन आयात भन्सार दरमा हेरफेर गर्नुपर्ने बताएका छन् ।
भारतमा र नेपालमा पनि लक्ष्मीपूजालाई दीपावलीका नामले समेत मनाइन्छ । भारुको मूल्य एकाएक वृद्धि भएपछि सीमावर्ती भारतीय खुद्रा बजार महँगा हुन थालेका छन् । त्यहाँको हरेक वस्तुमा मूल्यवृद्धि भएको छ ।
आफ्ना नियमित ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिइरहेका जोगबनीका औषधी पसलले यस्तो छुट दिन छाडेका छन् । छुट पाउन भारतीय मुद्रामै खरिद गर्नुपर्ने शर्त राख्न थालेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्