विराटनगरमा दिपाल इलेक्ट्रिक कार, एक चार्जमा ४८५ किलोमिटर गुड्ने

<span class='c1'>विराटनगरमा दिपाल इलेक्ट्रिक कार, एक</span> <span class='c2'>चार्जमा ४८५ किलोमिटर गुड्ने</span>

विराटनगर । नेपालमा चाङगान गाडिको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले भित्राएको दिपाल गाडी अब विराटनगरमा पनि उपलब्ध भएको छ। विराटनगरको लागि आधिकारिक बिक्रेता सर्भ मोटर्सले आयल निगम परिसरमा सोरुम सञ्चालनमा ल्याएको हो।

९९ किलोवाट क्षमतामा उपलब्ध दिपल एल ०७ र दिपल एस ०७ मोडेल नेपाली बजारमा बिक्रीका लागि राखिएका छन्। ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो कारले एक पटकको चार्जमा ४८५ किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले दाबी गरेको छ।

'दिपल एस जेरो सेभेन' मोडेलको गाडीको लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम, उचाइ १६२५ एमएम र ह्विलबेस २९०० एमएम रहेको छ। २० इन्चको टायर प्रयोग गरिएको यो गाडीमा इलेक्ट्रिक पावर स्टेरिङ, अगाडि भेन्टिलेटेड डिस्क र पछाडि डिस्क ब्रेकिङ सिस्टम जडान गरिएको छ।

गाडीमा भेहिकल टु लोड असिस्ट, स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता चार्जिङ सुविधासँगै एलईडी स्टार पेटल डे टाइम रनिङ लाइट, अटो अन/अफ हेडलाइट र इलेक्ट्रिकल रुफसेड जस्ता सुविधा रहेका छन्।

यसमा १५.६ इन्चको टिल्ट फङ्सन सहितको इन्फोटेन्मेन्ट सिस्टम, सोनी १४ स्पिकर म्युजिक सिस्टम, एआर नेभिगेसन सहितको हेड-अप डिस्प्ले, वायरलेस एप्पल कार प्ले र एलईडी मल्टि कलर एम्बियन्ट लाइट जडान गरिएको छ। सुरक्षाका लागि ६ वटा एयरब्याग दिइएको यो गाडीमा इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स सिस्टम र ३६० डिग्री क्यामेरा पनि राखिएको छ।

कम्पनीले अहिले नै गाडी बुक गर्ने ग्राहकलाई ३ लाखसम्मको छुट, एक वर्षको बीमा, ३ र ७ किलोवाटको चार्जर, फ्लोर म्याट र एक आर्थिक वर्षको कर सहितको आकर्षक योजना ल्याएको छ। गाडी बुक गर्न वा टेस्ट ड्राइभ गर्न इच्छुक ग्राहकले आयल निगमस्थित सोरुममा सम्पर्क गर्न वा ९८५२०३४७८४ मा कल गरी थप जानकारी लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्