मन्त्री अधिकारीले दिए राजीनामा, कानुन बुझेर पनि उल्लंघन गर्दा पद गुम्यो

<span class='c1'>मन्त्री अधिकारीले दिए राजीनामा, कानुन बुझेर</span> <span class='c2'>पनि उल्लंघन गर्दा पद गुम्यो</span>

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिनु परेको हो ।

अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । उनलाई राजीनामा दिन मुख्यमन्त्री हिक्मत कार्कीले निर्देशन दिएका थिए । उनले बिहीबार नै मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । कानुनको जानकार भएका मन्त्री अधिकारीले कुटनीतिक मर्यादा उल्लंघन गर्दै जापान गएर फर्केका छन् । यहि प्रकरणले उनको पद गुमेको हो ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा सुटुक्क जापान उडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्