नक्कली कागजात बोकेका व्यक्तिसँगै जापान पुगे मन्त्री अधिकारी, संलग्न छ जना पक्राउ

<span class='c1'>नक्कली कागजात बोकेका व्यक्तिसँगै जापान पुगे</span> <span class='c2'>मन्त्री अधिकारी, संलग्न छ जना पक्राउ</span>

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीको विवादित जापान भ्रमण प्रकरणमा ६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये तीनजना जापान एयरपोर्टबार्ट मन्त्री अधिकारीसँगै फिर्ता पठाइएका छन् । बाँकी तीनजना भने पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा नियन्त्रणमा परेका हुन् ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार जापानबाट फर्कदा पक्राउ पर्नेमा खोटाङका जनक राई, दावा शेर्पा र कन्चन देवकोटा रहेका छन् । उनीहरुलाई लिखत सम्बन्धी कसुरका आधारमा पक्राउ गरेपछि अनुसन्धानका क्रममा बयानबाट खुलेका आधारमा जुगल रिजाल, दुरबहादुर सुनुवार र महेश पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाइएको जानकारी दिइएको छ ।

उनीहरुले कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई समेत फर्जी कागजात बनाएर जापानको कार्यक्रम भन्दै लगेको हुनसक्ने आशंका छ । मन्त्रालयका कागजात बनाएर दुईजना व्यक्ति रहेका थिए, बाँकीको हकमा समेत उनीहरुले नक्कली लिखत प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेका हो । मन्त्री अधिकारीलाई जापानको टोकोयो नगरपालिकाको कार्यक्रम भनिएको भएपनि उनको कागजातमा समेत प्रश्न उठाउने ठाउँ देखिएको हो ।

प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारीसमेत नदिई कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते फर्किएका थिए । पदीय मर्यादा विपरित र गैरकानुनी विदेश गएपछि आलोचना बढेको थियो । आलोचनासँगै मन्त्री अधिकारीले राजीनामा दिदैं अनुसन्धानमा समेत सहयोग गर्नुपर्ने मनसाय व्यक्त गरेका छन् । मन्त्री अधिकारी जापानको विमानस्थलबाटै फिर्ता गरिएका थिए । कारण, उनको समेत कागजातमा प्रश्न उठेको थियो ।

बुधबार मुख्यमन्त्री समक्ष राजीनामा दिएपछि मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा अनुसन्धानलाई सहयोग गर्न राजीनामा गरेको बताएका छन् । ‘अध्ययन अनुसन्धान र छानविन गर्न पनि सहजता होस्’ उनले पत्रकार सम्मेलनमा भनेका छन् ।
अधिकारीले आफू जापान जाने क्रममा आफूसँग तीन जना नेपालीले नक्कली डकुमेन्ट बनाएर उतै बस्ने योजना बनाएको खुलेको पनि स्वीकार गरेका छन् । जापानको टोकियो महानगरपालिकामा आयोजित कार्यक्रमका लागि सिंगल गएकोमा हङ्कङमा तीन जना नेपाली भेटिएको र उनीहरु उतै बस्ने र लुक्ने योजनामा गएको थाहा पाएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्