पाथीभरा मन्दिरमा केबलकार बनाउन दिने र नदिने पक्षबीच झडप

<span class='c1'>पाथीभरा मन्दिरमा केबलकार बनाउन दिने</span> <span class='c2'>र नदिने पक्षबीच झडप</span>

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार बनाउने विषयमा झडप भएको छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो । दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

केवलकार निर्माण भए प्राकृतिक स्वरुप बिग्रने भन्दै केहीले निर्माणको विरोध गर्दै आएका छन् । पाथीभरा लिम्बूहरुको मुन्धुमीस्थल भएकाले निर्माण गर्न नहुने भन्दै केही पहिचान पक्षधरहरुले केबलकारको बिरोध गर्दै आएका छन् ।

आज निर्माण सामग्री लिएर काफ्लेपाटी जाँदै गरेको टोलीलाई केहीले रोकेपछि मजदूर र स्थानीयबीच झडपको स्थिति बनेको हो।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न पैदलयात्रीले जाँदा र फर्किंदा १० किलोमिटर हिड्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्