गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सुरेश कुमार पाण्डे
जस्ले गरिबको पसिना लुट्यो यहाँ कारोबार गर्यो,
उसैको सम्मान किन हुन्छ इमानको व्यापार गर्यो।

आमा सपनिमै पनि हिम्मत नहार छोरा भन्नुहुन्छ,
यहाँ इमानको त अचेल वेइमानले चिरफार गर्यो।

हो टोकरीमा ढाकेर लुकाएको बिरालो म्याउ गर्दा,
भन्छन् बाबु दुश्मनले आफ्नै गलती उजगार गर्यो।

कहाँ लुक्न सक्छ भाई नेता बनौं वा मन्त्री याहा
आफ्नै व्यवहारले घाम जस्तै प्रष्ट लगातार गर्यो।

तिमीलाई उछिन्नखोज्यो वा भेट्न थाहा पाउँनैपर्छ,
किन दुश्मनले तिम्रो यति राम्रो आज सत्कार गर्यो।

हिंजो जसले देश जनताकै लागि मर्ने गर्थ्यो वाचा,
आज उसैले पद र प्रतिष्ठाकै लागि मारामार गर्यो।

घोराही-१८,दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्