सफा देखिएको विराटनगरको नहरमा फेरी फोहोर, नागरिक नै सचेत छैनन्

<span class='c1'>सफा देखिएको विराटनगरको नहरमा फेरी</span> <span class='c2'>फोहोर, नागरिक नै सचेत छैनन्</span>

इन्दु साह
विराटनगर ।
सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखा नहर छैठलाई लक्षित गर्दै सरसफाई गरिएको छ । सरसफाई गरिएको नहरमा छैठका व्रतालुले डुबेर सुर्यको उपसना गरे । सफा भएको नहरले नगरको शोभा बढाएको थियो। तर, नहरमा फोहोर फ्याँक्ने काम समेत सुरु भईसकेको छ ।छैठका लागि बनाइका संरचनाको फोहोरले अहिले ढाकिएको छ नहर ।

नागरिक आफ्नै बुद्धिका कारण आफ्नै घर नजिक फोहोरको डंगुर थुपारेर राज्यलाई धारे हात लगाउन बानि परेका छन् । नरहलाई सरसफाईयुक्त राख्न र फोहोर फ्याँक्न कडाई गरेपनि स्थानीय नागरिकको असहयोगी व्यवहारले पटक–पटक समस्या सिर्जना हुने गरेको हो । छैठ पूजा सकिएको केही दिनमै स्थानीयले फोहोर फाल्न सुरु गरेपछि महानगरपालिकाले यसको समाधान खोज्न नयाँ जुक्ति निकाल्ने समेत तयारी गरेको हो ।

सरसफाई गरिएको नहरमा सोमबार एक स्थानीयको घरमा गुन्युचोली कार्यक्रमपछि त्यहाँ प्रयोग भएका प्लास्टिकका प्लेट र कचौराहरू नहरमा फालेको पाइएको छ । जसले नहरलाई सफा हुने छुट नागरिकले नै नदिने गरिएको पुष्टि गर्दछ । वर्षमा एकपटक सरसफाई गर्ने र बाँकी समय फोहोर फाल्ने प्रवृत्तिले नहर र वरिपरिको वातावरण बिग्रिएको छ ।

नहरमा फालिएको फोहोरले सिंचाईको पानी प्रदूषित हुनुका साथै वर्षातको समयमा ठूलो समस्या निम्त्याउने गरेको छ । बाढीले फोहोर नहर आसपासका घरहरूमा पुर्‍याउँदा स्थानीय नै प्रभावित हुने गरेका छन् । यस्तो समस्या न्युनीकरणका लागि केही महिनादेखि अचेत समूहका युवाहरूले साप्ताहिक सरसफाई अभियान चलाएका छन् । महानगरपालिकाले नहर छेउका नागरिकलाई सरसफाई सदस्य बन्न अनिवार्य गराएको छ । साथै विहान(बेलुका निगरानी बढाएर फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ ।

आगामी पुस महिनादेखि हरेक तीन किलोमिटरको दूरीमा नहर संयोजक समिति गठन गरेर थप कडाई गर्ने योजना छ दाहालले भने । नागरिक आफै सचेत नभएसम्म कुनै पनि प्रयास सफल हुन सक्दैन । हामी आफ्नै घर आँगन सफा राख्छौं तर सार्वजनिक स्थललाई फोहोरको डङ्गुर बनाउँछौं । यो सोच बदल्नु जरुरी छ । नहर क्षेत्रमा बसोबास गर्ने प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी बोध गरी फोहोर व्यवस्थापनमा सहयोग गरे मात्र नहर वर्षभरि सफा रहन सक्ने देखिन्छ ।

महानगरपालिकाले फोहोर संकलनको नियमित व्यवस्था मिलाएको र घर(घरबाट फोहोर उठाउने गरेको छ । तर केही नागरिक भने बिहानै उठेर नहरमा फोहोर फाल्ने गर्छन् । यस्तो गैरजिम्मेवार व्यवहार रोक्न स्थानीय स्तरमै सामाजिक दबाब सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ । नहर सरसफाईको दीर्घकालीन समाधान भनेकै नागरिक चेतना र सक्रिय सहभागिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्