इलाम । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ ।
हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुका लागि फोटोबुथ आकर्षित बनेको छ ।
पछिल्लो समय चाडपर्वको फुर्सदमा कन्याम पुग्ने पर्यटकहरु चियाबगान मात्रै होइन कुहिरोसँग लुकामारी खेल्दै छिनछिनमा परिवर्तन भइरहने मौसमसँग रमाउँदै फोटोवुथमा उक्लिएर तस्वीर लिने र भिडियो बनाउन झुम्मिने गरेका छन् । घोडा चढेर चिया बगान सयर गर्नेदेखि लिएर मौलिक संस्कृतिसँग जोडिएका पोशाकमा सजिएर तस्वीर खिचाउनेहरु अब फोटोबुथ आकर्षणका रुपमा थपिएको छ ।