पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

<span class='c1'>पूर्वसभामुख दमननाथ</span> <span class='c2'>ढुंगानाको निधन</span>

विराटनगर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । आइतबार दिउँसो फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ढुंगानाको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार भईरहेको थियो ।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानका थिए । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा समेत संलग्न भएका थिए ।

०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए । उनी सरकार–माओवादी शान्ति वार्ताका सहजकर्ता समेत थिए । उनी आन्दोलनकारी माओवादीसँग उदारभाव राखेर नेपालको शान्ति प्रक्रियालाई सहज बनाउन लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्