विराटनगरका अस्पतालमा दुई वर्षमा २६१ जना फोक्सो क्यान्सर पुष्टि

<span class='c1'>विराटनगरका अस्पतालमा दुई वर्षमा २६१</span> <span class='c2'>जना फोक्सो क्यान्सर पुष्टि</span>

इशु पन्त
विराटनगर । विराटनगरका अस्पतालमा दुई वर्षको अवधीमा मात्रै २६१ जनामा फोक्सोको क्यान्सर पीडित फेला परेका छन् । उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुको स्वास्थ्य परीक्षण गर्ने क्रममा फोक्सोको क्यान्सरबाट पीडित हुनेहरुको संख्या समेत उल्लेख्य देखिएको हो ।

विराटनगर महानगरपालिकामा अस्पतालहरुले बुझाएको विवरणमा आर्थिक वर्ष २०८०/२०८१ मा २१४ जनामा फोक्सोको क्यान्सर पुष्टि भएको उल्लेख । जसमा ११३ महिला र १०१ जना पुरुष छन् । यसैगरी २०७९/२०८० मा ४७ जनामा फोक्सोको क्यान्सर पुष्टि भएको तथ्यांक छ । जसमा ३२ जना महिला र १५ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा भने अस्पतालहरुले बुझाएको विवरणमा उल्लेख छैन ।

विराटनगर महानगरपालिकाको तथ्‍याकंमा पुरुषलाई भन्दा महिलाको संख्या धेरै देखिन्छ । महिलामा फोक्सोको क्यान्सर धेरै देखिनुले चिन्ता बढाएको छ । सामाजिक अध्ध्यनका अनुसार महिला भन्दा पुरुषले धुम्रपान तथा मध्यपान धेरै गर्दछन् । महिलाहरु भान्सामा काम धेरै गर्ने र ग्रामिण क्षेत्रमा दाउराको प्रयोग गरिने कारणले यस्तो असर देखिएको क्यान्सर विशेषज्ञ डा. प्रदिप भट्टराइ बताउँछन।

नोबेल शिक्षण अस्प्ताल अन्तर्गतको नोबल क्‍यान्‍सर अस्पतालका डाक्टर भट्टराईका अनुसार फोक्सो क्‍यान्‍सर धुम्रपान गर्नेलाइ ५० प्रतिशत बढी जोखिम हुन्छ । ग्रामिण क्षेत्रमा अझै पनि चुलोमा खाना पकाउने भएकाले सानो उमेरका बच्चालाई बढि असर पर्ने बताछन्‌। विरटनगरमा आज/भोलि प्रदुषण बढदो हुँदा सचेत हुने अवस्था छ। धुँवा–धुलो भएको ठाउँमा जानै परे मास्क लगाउने र अपर्झट मास्क नलगाएको अवस्थामा पुगिहाले मुखले नभइ नाकले श्वास फेर्दा फोक्सोलाई कम जोखिम हुने सुझाव छ ।

परापूर्व समयमा बुढा पाकाले भारि बोक्दा थकान मेट्न सुर्तिजन्य वस्तु खाने गर्थे। तर अहिले युवावास्‍था देखि नै हुक्का र चुरोट खाने चल्ति देखिन थालेको छ। अहिले क्‍यान्‍सर हुन्छ भनेर थाहा हुँदाहुँदै पनि सेवन गर्ने जमात धेरै भेटिने गरेको छ। डा. भट्टराइका अनुसर पहिले ५० बर्ष नागेसी बुढ्यौली अपस्थामा बढीलाई फोक्सो क्‍यान्‍सर देखा पर्थ्यो भने अहिले ३०–३५ वर्ष उमेर समूहलाई क्‍यान्‍सर देखिन थालेको छ।
नोबेल शिक्षण अस्पतालमा नेपाल मै पहिलो पटक ट्युमरलाइ बिना चिरफार गरि उपचार गर्ने यन्त्र अमेरिन एड्ज वेरिएन्‍टको मार्फत गर्ने सुविधा रहेको छ । अस्पतालले विगत एक वर्षदेखिदेखि छुटै भवनमा व्यवस्थित तरिकाले उपचार गरिरहेको छ।

फोक्सो क्यान्सरको लक्षण लामो समयसम्म खोकि लाग्ने, घाँटी खसखस गर्ने, छाति दुख्ने , खकारमा रगत देखा पर्ने जस्ता हुन। लामो समयसम्म खोकी र निमोनिया भयो भने डाक्टरलाइ परामर्श गर्दा क्‍यान्‍सर हो ? हैन भनि प्रश्न उठाउनु पर्ने बिषय भएको बताउँछन् । फोक्सो क्‍यान्‍सरमा चौथो स्टेजमा पुगेपछि बिरामीलाई उपचारबाट जीवन फर्काउन सहज हुँदैन । पहिलो, दोस्रो र तेस्रो स्टेजमा उपचार गर्न सहज हुने भएकोले समयमै बिरामीहरुले चिकित्सकको परामर्शमा पुग्नुपर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्