सुनसरी र झापाबाट प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ

<span class='c1'>सुनसरी र झापाबाट प्रतिबन्धित</span> <span class='c2'>लागुऔषधसहित चार जना पक्राउ</span>

विराटनगर । सुनसरी र झापाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ वर्षीय विनायक थुलुङलाई ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका रामधुनी नगरपालिका-१ का २० वर्षीय विवेक यादवलाई निषेधित औषधी ट्रामानिल २४० क्यापसुल र निट्राजेपाम २०ट्यावलेट सहित पक्राउ गरेको छ। भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-६ का १९ वर्षीय मो. दावुतलाई ट्रामाडोल १२० क्यापसुल र स्पास्पेन १२० ट्यावलेटसहित र इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका-२ का २१ वर्षीय समिर राईलाई ५० ग्राम गाँजा र ट्रामाडोल १६ क्यापसुल सहित पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्