गीत

<span class='c1'>गीत</span> <span class='c2'></span>

-नवराज पोख्रेल "नवशिला"
पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का,
भेट भए'सि तिमी र म खाउला तातो भक्का।

रमितेको टावर चढि पिरिमको गीत गाउँला
बोट चढ्नलाई हामी दुबै बेतना'नि जाउँला
नमान धक तिमी जवान म पनि छु लक्का
पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का।

धनपालथान र सृजनापार्क घुम्नुपर्छ हामी
लोहन्द्रा चिसाङ सुसाउँदा सुनिन्छ है दामी
तिमी दुखि देख्दा मेरो मनमा लाग्छ धक्का
पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का।

सोमबार लाग्ने हाटमा रातो चुरा किनिदिन्छु
बा लाई लिई माग्न आउँछु कुरा छिनिदिन्छु
तिमिलाई म कहिल्यै पनि पार्दिन है अक्का
पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्