उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

<span class='c1'>उपनिर्वाचनका लागि संयुक्त निर्वाचन</span> <span class='c2'>सञ्चालन केन्द्र स्थापना</span>

काठमाडौं । यही मंसीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ ।

आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा स्थापना गरिएको केन्द्रको सदस्यहरुमा आयोगका प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुवेदी, आयोगका उपसचिव दुर्गा प्रसाद चालिसे र सदस्य सचिव आयोगका उपसचिव डा. थानेश्वर भुसाल रहेका छन् ।

आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ स्थानीय तह उपनिर्वाचन २०८१ का सन्दर्भमा निर्वाचन आयोगले गरेका निणर्यहरुको कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरुबारे नियमित रुपमा जानकारी लिई तत्कालै समस्या समाधान गर्ने उद्धेश्यले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ४ अनुसार आजदेखि निर्वाचन परिणाम घोषणा नभए सम्मको लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्