कटहरीमा हुलाकी सडक निर्माण गर्नुपर्ने माग गर्दै पुनः आन्दोलन

<span class='c1'>कटहरीमा हुलाकी सडक निर्माण गर्नुपर्ने</span> <span class='c2'>माग गर्दै पुनः आन्दोलन</span>

इशु पन्त
विराटनगर । कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा समेटने जुडी खोलादेखि सिंघिया खोलासम्म हुलाकी राजमार्ग विस्तारमा भएको ढिलाईले सर्वसाधारणलाई हैरान पारेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् । मंगलबार स्थानीयले सांकेतिक रुपमा विराटनगर–रंगेली सडक खण्ड अवरुद्ध पारेर आन्दोलनको सुरुवात भएको घोषणा गरेका हुन् ।

चार किलोमिटर सडक निर्माणको ठेक्का श्रेष्ठ कन्ट्रक्सनले चारवर्षदेखि निर्माणको काम गरिरहेको छ । तर, निर्माणका लागि भत्काएको सडक त्यसै अलपत्र बनाएको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
हाटखोलामा युवाहरु भेला भएर विहान १० बजेदेखि ३० मिनेट सवारी अवरोध गरिएको थियो । श्रेष्ठ कन्स्ट्रक्सनले २०७६ सालमा ३ बर्षमा पुरा गर्ने गरि सम्झौता गरिएको थियो । तर, चारवर्ष बित्दा समेत काम आधा सकिएको छैन । विराटनगर ७ हाटखोला पार गरेर नयाँ बजारसम्मको चार किलोमिटरमा अहिले हिँडडुल गर्न समस्या परिरहेको छ ।

नेकपा एमालेका स्थानीय नेता मृत्युञ्जयकुमार झाले आन्दोलनको एक सूत्रीय माग निर्माण मात्रै रहेको बताए । उनले चाँडो काम सुरु गर्नका लागि ठेकेदार कम्पनीलाई सम्बन्धित निकायले ध्यानाकर्षण नगराए सडक जाम गर्ने चेतावनी दिएका छन् । गत वर्ष समेत स्थानीय प्रशासनले सडक निर्माण सहजीकरण प्रतिवद्धता जाहेर गरेपछि आन्दोलन रोकेका स्थानीयले यस वर्ष फिल्डमा ठेकेदार नफर्कँदासम्म आन्दोलन नरोक्ने बताएका छन् ।

झाका अनुसार कटहरी गाउँपालिकामा भरीका सबै दलबीच आन्दोलनको खाका तयार पार्न बुधबार सर्वदलिय बैठक आह्वान गरिएको छ । त्यसले आन्दोलनको खाका तयार पारेर दवाव सिर्जना गर्ने दावी छ । मोरङमा हाल कुल ९९.५ किलोमिटर लम्बाईको हुलाकी राजमार्ग निमार्णको चरणमा छ । सात च्यानेजमा ठेक्का लगाएर ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक पर्दछ ।  तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा स्थानीयलाई हैरानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्