ट्राफिक व्यवस्थापन गर्न राखेको स्प्रीङ्ग पोष्ट भोलिपल्टै भाँचिए

<span class='c1'>ट्राफिक व्यवस्थापन गर्न राखेको</span> <span class='c2'>स्प्रीङ्ग पोष्ट भोलिपल्टै भाँचिए</span>

प्रेम देवान
विराटनगर । ‘बाँदरको हातमा नरिवल’ भन्ने उखान झैं भएको छ यति बेला विराटनगरका भित्री सडकमा राखिएका ट्राफिक व्यवस्थापनका लागि राखिएका स्प्रीङ्ग पोष्टहरु । सवारी आवगमन सहज बनाउनको लागि ट्राफिक लाईट जडान गरिएका क्षेत्रमा विराटनगर महानगरपालिकाले स्प्रीङ्ग पोष्टहरु राखेको हो ।

महानगरपालिकाले स्प्रीङ्ग त राख्यो तर राखेको भोली पल्ट विहान पनि हुन नपाउँदै भाचिन थालेका छन् । यसको मुख्य कारण भनेको अनुशासनहिन तरिकाले सवारी साधन चलाउनु हो , भने अर्को कारण भनेको राख्नुभन्दा अगाडी यसको राम्रोसँग अध्ययन नगर्नु !

महानगरले गत शुक्रबारदेखि विराटनगरका विभिन्न स्थानका सडकमा स्प्रीङ्ग पोष्ट गाड्ने काम थालेको थियो । दिनभर बाक्लो सवारी आवागमन भएको हुनाले राती समय मिलाएर महानगरले सडकमा स्प्रीङ्ग पोस्ट गाड्न थालेको हो । तर गाडिएका सबै स्प्रीङ्ग पोष्ट सुरक्षित रहन सकेन । मंगलबार राती रोडशेष स्थित रानी पथ लाईनमा सडक लेन छुटाउनको लागि स्प्रीङ्ग पोष्ट राखियो तर भोली पल्ट बुधबार विहानै २ वटा पहेलो कोन भाँचियो । भारतीय नम्बरको लहरी र अरनिको कलेजको बसले बिहान त्यहाँ राखिएकोे कोन भाचेको थियो ।

विराटनगरका ६ स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । रातो बत्ती बल्दा सवारी रोकिन्छ भने हरियो बत्ती बल्दा आवागमन शुरू हुन्छ । ट्राफिक लाइट जडान गरिएको क्षेत्रमा सेतो रङ्गले मार्किङ गरिएपनि त्यो प्रभावकारी हुन सकेन । सडक लेन सम्बन्धी ज्ञानको अभावमा सडकमा पुरै सडक ढाकेर सवारी रोकिने गरिन्थ्यो। ट्राफिक लाइट भएको क्षेत्रमा लेन पुरै ढाकेर सडकमा सवारी रोक्दा एम्बुलेन्स, दमकललाई आवागमनमा बाधा पुग्ने भएपछि महानगरले विराटनगरका ५ स्थानमा स्प्रीङ्ग पोष्ट राखेको महानगरका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो ।

ट्राफिक लाईट जडान हुने स्थानमा ट्राफिक नियम अनुशासन सिकाउनका साथै शहरको सौन्दर्यकरण र व्युटिफिकेशनमा पनि मदत पुग्ने हिसाव अहिले महानगरका विभिन्न स्थानमा स्प्रीङ्ग पोष्ट लगाएको पौडेलले बताएका छन् ।

तिनपैनीमा ९० , कञ्चनबारीमा ४५, जलजला चोकमा ९० र रोडशेषमा ५५ स्प्रीङ्ग पोष्ट गाडिएका छन् । तर कतिपय सवारी चालकले अनुशासनहीन तरिकाले पोष्टमा सवारी साधनले ठोक्दा जलजला चोकमा ५ थान, कञ्चनबारीमा २ थान, तिनपैनीमा ३ थान र रोडशेषमा ३ वटा पोष्ट भत्कि सकेको छ । यता पोष्ट भाच्नेलाई तत्काल डिउटीमा खटिएका ट्राफिक प्रहरीले पोष्टको मुल्य बराबरको क्षतिपुर्ति तिराउने गरेको छ । एउटा कोनको २ हजार ५ सय हाराहारी पर्ने महानगरले जनाएको छ ।

ट्राफिक लाईट राखिएको पोष्टहरु जानी जानी ढाल्नेहरुलाई सिसी क्यामाराको सहायाताले केहि सवारी चालकलाई नियन्त्रणमा लिएर कडा कारबाहीसँगै जरिवाना तिराउन थालिएको पौडेलले जानकारी दिनुभयो। महानगरभरी ४ सय थान पोष्ट गाड्ने योजना छ । महानगरमा राखिएका पोष्टहरु जनताहरु कै सम्पत्ति भएका कारण सबैले यसको संरक्षण गर्नुपर्ने प्रहरी निरीक्षक पौडेलको भनाई छ ।

यी माथिका घटनाहरुबाट पनि के स्पष्ट देखिन्छ भने हामीले कतिसम्म अनुशासित तवरमा सवारी साधन चलाउदो रहेछौँ भन्ने देखिन्छ । हुन त यी कार्यहरु ट्राफिक नियम पालना गर्नको लागि नै होे । तर स्प्रीङ्ग पोष्ट तथा ट्राफिक लाईट राख्नु भन्दा अगाडी एक पटक राम्रोसँग अध्ययन गरेको भए अलिक प्रभावकारी हुने पो थियो की।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्