उपनिर्वाचन विशेष : मोरङको ग्रामथानमा सुरक्षा व्यावस्थाको तयारी पुरा, ७ बजेदेखि मतदान हुदै

<span class='c1'>उपनिर्वाचन विशेष : मोरङको ग्रामथानमा सुरक्षा व्यावस्थाको</span> <span class='c2'>तयारी पुरा, ७ बजेदेखि मतदान हुदै</span>

विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सुरक्षा व्यावस्था सबै तयारी बनाइएको छ । उपनिर्वाचनअन्तर्गत भोलि  आईतबार विहान ७ बजे मतदान हुदैछ । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका भोली हुने उपनिर्वाचनका लागि १२ वटा मतदानस्थ र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जसमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।


संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले अनुसार उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो ।


मतदानस्थल मध्ये संवेदनशीलमा प्रहरी निरीक्षक सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाको भनाइ छ । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिनुभयो ।

उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ। अध्यक्षमा विभिन्न दलका १५ र स्वतन्त्र १ सहित गरेर १६ जनाको उम्मेदवारी परेको छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखा परेको सुरक्षा विश्लेषण छ ।

स्थानीय तह उपनिर्वाचन, २०८१ ग्रामथान गाउँपालिका एकीकृत सुरक्षा योजना बनेको छ। मतदाता, मतदानस्थल, मतपेटिकाको सुरक्षादेखि मतपेटिकाको ढुवानी, मतगणनास्थल र विजय जुलुससम्मलाई लक्षित गरेर रणनीतिक हिसाबले सुरक्षा योजना बनाइएको छ ।

ग्रामथानको अध्यक्षमा १५ जना पाटी र १ जना स्वतन्त्र गरि १६ जनाले उम्मेदवारी दिएका छन् । १६ जनाले उम्मेदवारी दिएपनि तीन राजनैतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार र नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।


२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्